Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ग्यास लुकाएर कृत्रिम अभाव बनाउने भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना

ग्यास लुकाएर कृत्रिम अभाव बनाउने भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना

  • 390
    SHARES

  • ग्यास लुकाएर कृत्रिम अभाव बनाउने भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना

    कास्की,चैत १।

    जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने ग्यास लुकाउने एक डिलरलाई ५० हजार रुपियाँ जरिवाना गरेको छ । प्रशासनले शनिबार गरेको अनुगमनको क्रममा पोखरा महानगरपालिका वडा ६, जरेबरमा रहेको भण्डारी ट्रेडर्समा ४८ वटा ग्यास सिलिण्डर लुकाएको फेला परेको थियो ।

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले ग्यास लुकाएर कृत्रिम अभाव बनाएकाले ५० हजार जरिवाना गरिएको जानकारी दिनुभयो ।IMG_7912.jpeg

    “ग्यास लुकाएर कृत्रिम अभाव बनाएकाले जरिवाना गरेका छौँ, यहाँ एउटा सिलिण्डरबाट अर्को सिलिन्डरमा ग्यास सार्ने उपकरण पनि भेटिएको छ” उहाँले भन्नुभयो ।  

    टोलीले पोखराको पाँच वटा ग्यास डिलरको अनुगमन गरेको छ । अनुगमनअघि कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा शनिबार बसेको बैठकले ग्यास डिलरहरूलाई प्राप्त परिणाम र दैनिक वितरणको अभिलेख राख्न, अनुचित भण्डारण नगर्न निर्देशन दिएको थियो ।

    बैठकमा ग्यास उद्योगी एवम् बिक्रेताहरुले पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहेको जनाएका थिए । पोखरा बजारमा ग्यासको अभाव देखिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, चैत्र १ २०८२०७:४१:०७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology