Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वासुदेव घिमिरेले गरे निर्वाचनमा १९ लाख ४६ हजार ३ सय रूपैयाँ खर्च

वासुदेव घिमिरेले गरे निर्वाचनमा १९ लाख ४६ हजार ३ सय रूपैयाँ खर्च

  • 474
    SHARES

  • वासुदेव घिमिरेले गरे निर्वाचनमा १९ लाख ४६ हजार ३ सय रूपैयाँ खर्च

    बुटवल,फागुन २६ ।

    रूपन्देही क्षेत्र नं ३ का नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले निर्वाचन आयोगमा १९ लाख ४६ हजार हाराहारीको खर्च विवरण पेस गरेका छन्।

    घिमिरेले सबैभन्दा बढी सवारी साधनमा ५ लाख ७९ हजार २००, खाना, खाजा र आवासमा ४ लाख ४६ हजार, प्रचार प्रसार सामग्रीमा २ लाख ३६ हजार, निर्वाचन प्रतिबद्धता पत्र छपाइमा २ लाख २७ हजार खर्च भएको उल्लेख गरेका छन्।

    त्यस्तै वडास्तरीय घरदैलो कार्यक्रममा १ लाख ८० हजार, झन्डा र ब्यानरमा ६६ हजार, नमुना मतपत्र छपाइमा ५७ हजार ५ सय, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा ४४ हजार ६ सय र मनोनयन दर्तामा १० हजार गरी १९ लाख ४६ हजार ३ सय रूपैयाँ खर्च भएको घिमिरेले निर्वाचन आयोगमा पेस गरेको खर्च विवरणमा उल्लेख छ।

    निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारले गर्न पाउने अधिकतम खर्च निर्धारण गरेको थियो। आयोगले प्रत्यक्षतर्फका १६५ वटा निर्वाचन क्षेत्रलाई भौगोलिक अवस्था, पहुँच, सुविधा र सेवा नेटवर्क मूल्यांकनका आधारमा पाँच वर्गमा विभाजन गरी २५ लाख देखि ३३ लाख रूपैयाँ सम्मको खर्च निर्धारण गरेको थियो। 

    जसअनुसार रूपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले २९ लाख रूपैयाँको सीमाभित्र रहेर खर्च गर्न पाउने गरी आयोगले खर्च निर्धारण गरिदिएको थियो।

    क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा निकटतम उम्मेदवार भन्दा ५० हजार बढी मत सहित विजयी भएका थिए । थापा ५८ हजार ८ सय १४ मत ल्याई विजयी भए । ३६ जना उम्मेदवार रहेकामा थापा ५० हजार ३ सय ८९ मतान्तरले विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशिल गुरुङले ८ हजार ४ सय ३५ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याएको निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए । निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ४० हजार ३५ मतदाता रहेकोमा ९४ हजार २ सय ३२ मत खसेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology