Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चन्द्र भण्डारीले दिए सभापति गगन थापालाई राजीनामा नदिन सुझाव

चन्द्र भण्डारीले दिए सभापति गगन थापालाई राजीनामा नदिन सुझाव

  • 726
    SHARES

  • चन्द्र भण्डारीले दिए सभापति गगन थापालाई राजीनामा नदिन सुझाव

    बुटवल,फागुन २६ ।

    नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्।

    प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा राजीनामा दिन मनस्थितिमा पुगेका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मासँग पनि परामर्श गरेका छन्।

    तर नेता भण्डारीले राजीनामा अहिलेको विकल्प नभएको र नियमित महाधिवेशनतर्फ अग्रसर हुनुपर्ने धारणा राखेका हुन्।
    ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन।

    त्यसैले गगनकुमार थापाले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो। अहिलेको अवस्थामा कांग्रेस बचाउनु आफैमा एक नैतिक दायित्व हो।

    आजको कटु यथार्थ के हो भने—युवाहरूले कांग्रेसलाई छोड्दै गएको समय हो। यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन,’ उनले भनेका छन्।
    नैतिकता त नेपाली राजनीतिमा प्रायः मरिसकेको अवस्था रहेको भन्दै अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्ने उनको धारणा छ।
    ‘समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो। नेपाली कांग्रेसलाई बचाउने लडाईंआज पनि सम्भव छ— यदि इच्छाशक्ति र साहस छ भने,’ उनको भनाइ छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology