Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण, उपचारका लागि अस्पताल भर्ना

सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण, उपचारका लागि अस्पताल भर्ना

  • 1.1K
    SHARES

  • सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण, उपचारका लागि अस्पताल भर्ना

    सर्लाही, २४ फागुन ।

    सर्लाही जिल्लाको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) डा. कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ।

    दिउँसो करिब १२:१० बजे बलरा–४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुनिल सिंहको घरको उत्तरतर्फ रहेको बाटोमा आक्रमण भएको नेपाली कांग्रेसका स्थानीय युवा नेता नवीन कुशहवाले जानकारी दिएका छन्।
    डा. सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा अज्ञात समूहले गाडीमाथि आक्रमण गरेको जनाइएको छ।

    सर्लाही क्षेत्र नं. ४ का राष्ट्रिय स्वतन्त्र पार्टीका नव निर्वाचित सांसद अमरेश कुमार सिंहका भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेश कुमार सिंह र बलरा–४ का पंकज कुमार झाले आक्रमण गरेको आरोप लगाइएको छ।

    आक्रमणबाट घाइते भएका डा. कमलेश्वर सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। 

    यस घटनाप्रति नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ ले घोर आपत्ति जनाएको छ। विजय जुलुसको क्रममा डा. सिन्हामाथि ज्यान लिने गरी आक्रमण भएको आरोप लगाउँदै कांग्रेसले दोषीमाथि कानुनबमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेको छ।

    कांग्रेस कार्यकर्ताले यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। 
    साथै, यस्ता घटनाविरुद्ध आफूहरू चुप लागेर नबस्ने चेतावनी पनि कांग्रेस कार्यकर्ताहरूले दिएका छन्।

    घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, फाल्गुण २४ २०८२०४:३४:१९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology