Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देही २ : रास्वपाका उम्मेदवार सुलभको अग्रता,दोस्रोमा एमालेका बिष्णु र तेस्रोमा कांग्रेसका चुन्न

रूपन्देही २ : रास्वपाका उम्मेदवार सुलभको अग्रता,दोस्रोमा एमालेका बिष्णु र तेस्रोमा कांग्रेसका चुन्न

  • 1.1K
    SHARES

  • रूपन्देही २ : रास्वपाका उम्मेदवार सुलभको अग्रता,दोस्रोमा एमालेका बिष्णु र तेस्रोमा कांग्रेसका चुन्न

    बुटवल ,फागुन २२।

    रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई झनै फराकिलो बनाउँदै लगेका छन् ।

    हालसम्म १५ हजार ४१३ मत गणना हुँदा खरेलले १० हजार ५०९ मत प्राप्त गरेका छन् ।

    त्यस्तै नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेलले २ हजार १९३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।

    नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले १ हजार २०४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विश्वदीप पाण्डेले ३५३ मत प्राप्त गरेका छन् ।

    रूपन्देही-२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका वडा नं. १ देखि १३, तिलोत्तमा नगरपालिकाका वडा नं. १ देखि ६ र सैनामैना नगरपालिकाका वडा नं. १ देखि ४ समेटिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, फाल्गुण २२ २०८२११:२१:२२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology