Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलको कान्ति माविबाट कांग्रेस उम्मेदवार चुन्नले गरे मतदान, लोकतन्त्रको उत्सवमा सहभागी हुन मतदातालाइ आग्रह

बुटवलको कान्ति माविबाट कांग्रेस उम्मेदवार चुन्नले गरे मतदान, लोकतन्त्रको उत्सवमा सहभागी हुन मतदातालाइ आग्रह

  • 1.4K
    SHARES

  • बुटवलको कान्ति माविबाट कांग्रेस उम्मेदवार चुन्नले गरे मतदान, लोकतन्त्रको उत्सवमा सहभागी हुन मतदातालाइ आग्रह

    बुटवल,फागुन २१ ।

    रुपन्देही–२ का लागि प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेलले बुटवल उपमहानगरपालिका-४ स्थित कान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् ।

    उनले सो केन्द्रमा पहिलो मत खसाल्दै आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् । बिहानै मतदान केन्द्रमा पुगेका उम्मेद्वार शर्मा मतदानपछि उत्साहित देखिएका थिए ।

    सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको उत्सवमा सहभागी हुन आम मतदातालाई उत्साह, आशा र भरोसाका साथ मतदान गर्न अपिल गरे ।

    उनले निर्वाचन भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्वाचन प्रक्रियामा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगको टोलीप्रति आभार व्यक्त गरे । 'जनताको मत नै सर्वोच्च शक्ति हो, त्यसैले सबै मतदाताले निर्धक्क भएर आफ्नो अधिकार प्रयोग गर्नुहोस्'- उनले भने ।

    उनले जनताको मायाले आफू निकै आशावादी भएको र अनुकुल परिणाम आउने दाबि समेत गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology