बुटवल ९ इट्टाभट्टी कालिकापथमा राष्ट्रिय स्वतन्त्र पार्टी र एमाले कार्यकर्ताहरुबीच विवाद भएको छ । इट्टभट्टी टोलमा रहेको नमबुद्ध होटलमा रास्वपा कार्यकर्ता र एमाले कार्यकर्ताबीच विवाद भएको हो ।
रूपन्देही २ का रास्वपा उम्मेदवार सुलभ खरेलले मौन अवधिमा आचारसंहिता विपरितका कार्य गरेको भन्दै होटलमा एमाले कार्यकर्ताहरु प्रवेश गरेपछि केहीबेर धक्कामुक्का भएको प्रहरीले जनाएको छ । एमाले कार्यकर्ताहरुले उम्मेदवार खरेल सहितका रास्वपा कार्यकर्ताहरुले आर्थिक चलखेल गर्न खोजेको आरोप लगाएका छन् ।
भने रास्वपा उम्मेदवार सुलभले भने होटलमा बसिरहेको बेला आफूहरूमाथि आक्रमण भएको बताए ।
होटलमा सामान्य झै झगडा भएको र अहिले अवस्था नियन्त्रणमा रहेको रुपन्देही प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)