काठमाडौं ,फागुन २० ।
बिहीबार हुने निर्वाचनको सबै तयारी पूरा भएको छ ।
केन्द्रीय तहमा हुनुपर्ने सम्पूर्ण तयारी सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगकाअनुसार देशभरका २३हजार १ सय १२ वटै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।
मतदान केन्द्रमा पुगेका मतदानअधिकृतहरूले सूचना टाँस गर्नेदेखि लिएर आवश्यक सबै प्रशासनिक तयारी गरिरहेका छन् । प्रतिनिधि सभानिर्वाचनका लागि मौन अवधि जारी रहेकाले दल र उम्मेदवारका गतिविधि बन्द भएका छन्। मौन अविधको पहिलोदिन देशभर छिटफुटबाहेकका घटना नभएको प्रहरीले जनाएको छ ।
आयोगले मतदान स्थलमा मतदानका लागिआवश्यक तयारीका काम जारी राखेको जानकारी दिएको छ ।मतदानको समयमा जिल्ला तह, निर्वाचन क्षेत्र वामतदान केन्द्रमा आउन सक्ने कुनै पनि समस्या तत्काल सम्बोधन गर्न आवश्यक सहजीकरण गरिरहेको आयोगलेजानकारी दिएको छ । मौन अविधमा आचारसंहिता विपरीतका घटना हुन सक्ने भन्दै सुरक्षा निकायले निगरानीबढाएको आयोगको दाबी छ । जसअनुसार एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना अनुसार चारैवटा सुरक्षानिकायले गस्ती र पेट्रोलिङलाई तीव्र बनाएका छन् । आयोगले मंगलबारदेखि मतदानको दिन मतदान केन्द्र बन्दनहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको छ।
निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रककार्यालयका प्रमुखलाई फरक-फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।बिहीबार बिहान ७ बजेदेखि साँझ ५ सम्म मतदानको समय तोकिएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकका १ सय १० गरी जम्मा २ सय ७५ सदस्यकालागि निर्वाचन हुँदैछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)