बुटवल,फागुन १८ ।
प्रचारप्रसारको अन्तिम दिन आज रुपन्देहीको सैनामैना नगरपालिका वडा न १ मा १३५ युवा कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी नेकपामा आवद्ध सुरज बिक,नरु जिसीको नेतृत्वमा १३५ युवा कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाइ एक कार्यक्रमका बिच सोमबार नेपाली कांग्रेस क्षेत्र न २ का सभापति प्रजापाल गिरि,प्रदेशसभा क्षेत्रीय सभापति चिन्तामणी भुसाल,वडा १ का सभापति फटिक केसी,लक्ष्मण घिमिरे,अनिल पहाडी लगायतले प्रवेश गराएका हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)