Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जसपा,जनमतसहित नेमकिपा र जेन-जी समूहका उम्मेदवारले शेखरलाई सघाउने

जसपा,जनमतसहित नेमकिपा र जेन-जी समूहका उम्मेदवारले शेखरलाई सघाउने

  • 408
    SHARES

  • जसपा,जनमतसहित नेमकिपा र जेन-जी समूहका उम्मेदवारले शेखरलाई सघाउने

    बुटवल,फागुन १८ । 

    मोरङ क्षेत्र नं- ६ का उमेदवार डा.शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उमेदवारहरुले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन् ।

    उनीहरुले प्रत्यक्षमा कांग्रेसका उमेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन । नागरिक उन्मुक्ति पार्टीका उमेदवार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले छुट्टाछुट्टै विज्ञप्ति निकालेर डा शेखर कोइरालालाई सघाउने निर्णय गरेका हुन ।

    त्यसैगरी नेपाल मजदुर किसान पार्टीका उमेदवार तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेन्जी समुहका उमेदवार राम खत्रीले शेखर कोइरालालाई सघाउने प्रतिबद्धता गर्दै निर्वाचन आयोगबाटै यसअघि आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।

    अहिलेको अवस्थामा लोकतन्त्र र देशका आफुहरुको भन्दा डा शेखर कोइरालाको जित आवश्यक रहेको निस्कर्षमा पुगेर आफुहरुले उमेदवारी फिर्ता लिएको जनाएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology