Logo मंगलवार, श्रावण १२ गते २०८३
images

निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटना, एक जना प्रहरीको मृत्यु

निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटना, एक जना प्रहरीको मृत्यु

  • 276
    SHARES

  • निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटना, एक जना प्रहरीको मृत्यु

    बुटवल,फागुन १८ । 

    रामेछाप नगरपालिका-२ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना भएको छ। सोमबार अपराह्न ४ बजेतिर दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको छ भने सो गाडीमा सवार ७ जना घाइते भएको डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले बताए।उक्त गाडीमा ११ जना सवार रहेको बताइएको छ। उनीहरूमध्ये ३ जना गाडीबाट हाम फालेका थिए। 

    उनका अनुसार मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली  माध्यमिक विद्यालयको निर्वाचन सामग्रीसहित कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको हो।

    सो दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार वेश खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गोताखोर र विपद् व्यवस्थाप तालिम प्राप्त टोली उद्धार कार्यमा खटिएको थियो। 

    उद्धारपश्चात् घाइतेलाई उपचारको लागि मन्थली अस्पतालतर्फ पठाइएको उनले जानकारी दिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology