Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काेराेनाका कारण तोकिएको मितिमा १४ औं महाधिवेशन हुन नसके सबैको सल्लाहमा नयाँ मिति तोकिन्छ : देउवा

काेराेनाका कारण तोकिएको मितिमा १४ औं महाधिवेशन हुन नसके सबैको सल्लाहमा नयाँ मिति तोकिन्छ : देउवा

  • 3.0K
    SHARES

  • काेराेनाका कारण तोकिएको मितिमा १४ औं महाधिवेशन हुन नसके सबैको सल्लाहमा नयाँ मिति तोकिन्छ : देउवा

    काठमाडौं,भदौ २४-

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले दिएको व्यवस्थाभित्रै रहेर महाधिवेशन हुने बताएका छन्। बिपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको भिडिओ संवादमा सभापति देउवाले कोरोनाले गर्दा महाधिवेशन सर्ने अवस्था आएको समेत स्वीकार गरेका छन्।

    आगामी फागुनका लागि तोकिएको मितिमा १४ औं महाधिवेशन हुन नसके सबैको सल्लाहमा नयाँ मिति तोकिने उनले बताए। फागुनमा हुँदैन भनेर आफूले नभन्ने समेत देउवाले बताए। कोरोनाका कारणले महाधिवेशन हुन नसक्दा आफ्नो बलले केही नहुने स्पष्टीकरण दिए।

    ‘महाधिवेशनको मिति सल्लाहमा सारौं,मैले सारेर मात्रै कहाँ हुन्छ ? कोरोनाका कारणले हुन सकेन भने मैले के गर्न सक्छु र?’ उनले भने, ‘संविधानले दिएको व्यवस्थाभन्दा पर सार्न पाइँदैन। त्यो मलाई पनि थाहा छ,’ उनले भने।

    उनले पार्टीमा विवाद इतिहासदेखि नै रहेको बताए। उनले भने, ‘गणेशमानले कांग्रेस छोड्नुभएकै हो। कृष्णप्रसाद भट्टराईले पनि छोड्नुभयो।’ कांग्रेस छोड्न कसैले नपरोस् भनी आफू लागेको उनको दाबी छ। 

    प्रजातन्त्रमाथि कम्युनिस्टबाट खतरा रहेको उनले आरोप लगाए। प्रजातान्त्रिक अधिकार विस्तारै खोस्ने कार्य भएको उनको भनाइ थियो। सरकारका विरुद्धमा आन्दोलन गर्ने पक्षमा रहेपनि कोरोनाले रोकेको उनले बताए।

    कम्युनिस्टसँग लड्नुपर्ने दिन निश्चित रुपमा आउने उनले ठोकुवा गरे। पार्टी कार्यकर्तालाई कम्युनिस्ट सरकारविरुद्ध लड्न तयार रहन आह्वान समेत गरे।
    निर्वाचनमा पराजय कांग्रेसकै कारणले भएको दोहोर्‍याएका उनले भने, ‘दुई कम्युनिस्ट एक भएर लडे। हामी एक पार्टी दुई भएर लड्यौं।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology