Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देही २ : नेकपाका उम्मेदवार विश्वदीपले भने-‘जनताको हौसला र साथले जित नजिक छु ’

रूपन्देही २ : नेकपाका उम्मेदवार विश्वदीपले भने-‘जनताको हौसला र साथले जित नजिक छु ’

  • 1.9K
    SHARES

  • रूपन्देही २ : नेकपाका उम्मेदवार विश्वदीपले भने-‘जनताको हौसला र साथले जित नजिक छु ’

    बुटवल,फागुन १६ ।

    रूपन्देही क्षेत्र नं. २ का नेकपाका उम्मेदवार विश्वदीप पाण्डे ‘सुवास’ले  बुटवल उप–महानगरपालिकाका विभिन्न बस्तीमा घरदैलो जारी राखेका छन् ।नेता कार्यकर्ताको बाक्लो उपस्थितिबिच बुटवल बजार क्षेत्रमा मोटरसाइकल ¥यालीसहित विभिन्न चोकमा पुगेर मतदातासँग भोट माग्दै आफ्ना चुनावी ऐजेण्डा बताएका छन् ।

    उनीहरूले बुटवल क्षेत्रका टोल–टोल र वस्तीमा विभिन्न सवारी साधन र पैदल पुग्दै भोट मागेका छन् । बिहीबार बुटवलको सबैभन्दा धेरै मतदाता रहेको वडा नं. ११ मा घरदैलो गरिएको नेकपाले जनाएको छ ।घरदैलोका क्रममा विभिन्न ठाउँमा मतदातालाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डेले जनताको हौसला र साथले आफूहरू जितको नजिक पुगेको बताए ।

    उनले मतदाताको उत्साह र आफूहरूको मेहेनत र ऐजेण्डाले यस क्षेत्रमा विजयी भएरै छाडिने जिकिर गरे ।उम्मेदवारसहित मतदाता भेटघाट गर्दै नेकपाका कार्यकर्ताले झण्डा, माइक, व्यानर र प्रतिबद्धतापत्रसहित घर–घर र टोल–टोलमा पुगेर आफ्ना चुनावी ऐजेण्डा प्रस्तुत गरेका थिए ।मतदातासँगको भेटघाटमा उम्मेदवार पाण्डेले जनपक्षीय काम गर्न आफूले उम्मेदवारी दिएकाले मतदान गरेर सहयोग गर्न मतदाता समक्ष अनुरोध गरेका थिए ।

    निर्वाचन  परिचालन समितिका संयोजक नारायण जीसी ‘निर्मल’का अनुसार बुटवलमा उम्मेदवारसहित घरदैलो जारी रहने छ । संयोजक जीसीले प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहेको बताए । सन्निकटको निर्वाचनले गतिहीन र अस्थिर समाजलाई गतिवान र स्थिर बनाउने आशा लिएका छन् । आशावादले नै व्यक्ति, समाज र देशमा सुखद र सुन्दर भविश्यको खाका कोर्न सक्ने उनी बताउँछन् ।

    ‘यतिबेला नेताहरूले केही गर्न सकेनन्, केही गर्न पनि सकिदैन जस्तो एउटा डरलाग्दो भाष्य बनाईएको छ,’ उम्मेदवार विश्वदीपले भने– ‘ यहाँ केही हुँदैन, केही गर्न सकिदैन भन्ने भाष्य चिर्नै पर्दछ, यसमा मेरो भूमिका रहनेछ ।’विश्वदीपले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । नागरिकको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने ती बूँदा कायान्वयन गर्न सक्ने हो भने समाजमा विद्यमान धेरै निराशा चिरिन्छ ।

    चुनावी प्रतिबद्धतापत्रमार्फत् उम्मेदवार विश्वदीपले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कलकारखाना र कृषि आदिमा जनताका सपना उमार्न, हुर्काउन र जीवन बदल्न खोजेका छन् । र, त्यस्तो अनुभूति जनतालाई तब हुन्छ, जब नागरिकमा सरकार र जनप्रतिनिधिप्रति आशा र भरोशा जाग्छ ।उनी भन्छन्– ‘पुरानै सोंच, पुरानै परम्परा, पुरानै नियम र पुरानै व्यवहारबाट जनताको आशा बढाउन सकिंदैन ।

    देशलाई एकताबद्ध बनाउँदै टुक्रिएका मनहरूलाई जोड्न मेरो अधिकतम पहल रहनेछ ।’राज्यका सामु थपिएका अनेकौं चुनौतीको कानूनी प्रबन्ध र दबाब सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए ।नागरिकले अहिले आर्थिक, राजनीतिक र सामाजिक जीवनको कष्टपूर्ण अवस्थाबाट बदलाव चाहेका छन् । उम्मेदवारका रूपमा जनतासँगको अन्तक्र्रिया, प्रतिक्रिया, आक्रोश, सुझाव, सल्लाह र मायाबाट आफूले मनोभावना थप बुझ्न पाएको अनुभूति उनले सुनाए ।

    तर चुनावी तयारीका कारण धेरै कुरा जनतालाई बताउन नपाएकाले मिडियाको सहारा लिनुपरेको उनको गुनासो छ ।अबका दिनमा निजी क्षेत्रलाई पनि विश्वासमा लिनुपर्ने अनिवार्य आवश्यकतामा उनले जोड दिए । ‘निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकमा विकास संभव छ । जनतामा अझै पनि परिवर्तनको तृष्णा छ । मर्न दिनु हुँदैन ।’–उनले भने । जनतामा आशा जगाउने दायित्व निर्वाचन पछिको नेतृत्वमा आउने पाण्डेको भनाइ थियो ।एक हप्तापछिको मतदान र त्यसको केही दिनमा देशले नयाँ नेतृत्व पाउने छ । नागरिकले आ–आफ्नो निर्वाचन क्षेत्रमा नयाँ जनप्रतिनिधि पाउने छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology