Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संविधान सभा सदस्य एवं दलित पत्रकार महासंघअध्यक्ष विनोद पहाडी एमालेमा प्रवेश

संविधान सभा सदस्य एवं दलित पत्रकार महासंघअध्यक्ष विनोद पहाडी एमालेमा प्रवेश

  • 432
    SHARES

  • संविधान सभा सदस्य एवं दलित पत्रकार महासंघअध्यक्ष विनोद पहाडी एमालेमा प्रवेश

    बुटवल,फागुन १६ ।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन्।उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरी लगायतले पार्टीमा स्वागत गरेका छन्।

    नेपालको कम्युनिस्ट आन्दोलन र दलित आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएका पहाडी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष हुन्।

    एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढतालाई आधार मानेर एमालेसँग यात्रा गर्ने निर्णय गरेको बताए। उनले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताए। भदौ २३/२४ पछि एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथी निरन्तर प्रहार भइरहेको उल्लेख गर्दै एमाले र ओलेमाथीको प्रहार बिधि र बिधान माथीको प्रहार भएको बताए।

    पहाडीले कुनै लोभमा र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको जनाए। उनीसँगै नेकपाका रूपन्देही सदस्य सरोज गौतम र बुटवल नगर सदस्य जनक गौतम पनि एमाले प्रवेश गरेका हुन्।एमाले उपाध्यक्ष पौडेलले पहाडी र गौतमद्वयको एमाले प्रवेशले रुपन्देहीको एमाले अझै बलियो बनेको बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology