Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रास्वपामा पहिरो : काठमाडौं–५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाको सामूहिक राजीनामा

रास्वपामा पहिरो : काठमाडौं–५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाको सामूहिक राजीनामा

  • 369
    SHARES

  • रास्वपामा पहिरो : काठमाडौं–५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाको सामूहिक राजीनामा

    काठमाडौं ,फागुन १५ ।

    प्रतिनिधिसभा सदस्य उमेदवार रहिसकेका प्रणय राणाले राजीनामा दिएपछि काठमाडौं–५ को रास्वपामा पहिरो गएको छ । बेथिति सुधारको साटो उल्टो अनियमितता बढ्दै गएको भन्दै रास्वपाका काठमाडौं–५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले शुक्रबार सामूहिक राजीनामा दिएका हुन् । 

    उनीहरूले राजीनामापत्रमा प्रतिनिधिसभा उमेदवार छनोटको आवरणमा आर्थिक अनियमितता भएको आरोप नेतृत्वमाथि लगाएका छन् । यसैगरी, लोकतन्त्र र सुशासनको वातावरणमा देश निर्माण गर्ने चाहनामा पार्टीले आघात पुर्‍याएको भन्दै राजीनामापत्रमा पार्टीका स्थानीय गतिविधिबाट आघात भएकाले आजैबाट राजीनामा दिइएको उल्लेख छ । 

    राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा–३ का नगरप्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समिप घले र कवि थापामगर छन् । 

    यसैगरी, वडा पदाधिकारीहरू बुनपा–७ की प्रतिभ सेढाईं, बुनपा–७ का सदस्य किरण थापा, टोखा रास्वपा सदस्य चिरञ्जिवी अधिकारी, लेखा सदस्य सृजना बस्नेत र शोभा सुवेदी, सदस्यहरू बुनपा ४ का प्रभात महर्जन, राजेश थापा र अञ्जना बोगटी छन् । उनीहरू रास्वपाका पूर्वउमेदवार राणानिकट मानिन्छन् । राणा हालै मात्र कांग्रेस प्रवेश गरेका थिए । यसले निर्वाचनको नजिकैमा रास्वपालाई धक्का लाग्ने देखिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology