Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल १२ र २ मा कांग्रेस उम्मेदवार चुन्नप्रसाद पौडेलको घरदैलो

बुटवल १२ र २ मा कांग्रेस उम्मेदवार चुन्नप्रसाद पौडेलको घरदैलो

  • 477
    SHARES

  • बुटवल १२ र २ मा कांग्रेस उम्मेदवार चुन्नप्रसाद पौडेलको घरदैलो

    नेपाली कांग्रेस रूपन्देही–२ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुग्दा उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले  चुनाव जित्नेमा विश्वस्त भएको बताएका छन्  । घरदैलो कार्यक्रमको ९ औं दिन आज बुटवल उपमहानगरपालिका वडा नं १२ र वडा नं २ को घरदैलोका क्रममा प्रतिक्रिया दिदै कांग्रेस उम्मेदवार पौडेलले घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताहरूको सक्रिय सहभागीता र मतदाताहरूले देखाएको सद्भावले चुनाव जितिनेमा आफू विश्वस्त भएको बताएका हुन् ।

    पौडेलले बिहिबार बिहान बुटवल उपमहानगरपालिका–१२ मा सघन घरदैलो अभियान सञ्चालन गरेका छन् । बिहान ७ बजेदेखि १२ बजेसम्म नयाँगाउँ, तामनगर, ढवाह लगायतका क्षेत्रमा घरदैलो गर्दै उहाँले स्थानीयसँग प्रत्यक्ष संवाद गर्नुभएको हो ।घरदैलोका क्रममा स्थानीय बासिन्दाले आफ्ना टोलका दीर्घकालीन समस्या खुलेर राखेका थिए ।विशेषगरी ढल निकासको अव्यवस्था, टोल सुधार कार्यक्रम प्रभावकारी नहुनु, सडक स्तरोन्नति ढिलो हुनु, सरसफाइ व्यवस्थापन कमजोर हुनुजस्ता विषयमा गुनासा आएका थिए ।cccc.jpeg

    यसैबीच, भूमिहीन र सुकुम्बासीले जग्गा व्यवस्थापन र स्थायी समाधानको विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए । उम्मेदवार पौडेलले भुमिहीन समस्यालाई कानुनी र व्यवहारिक ढंगले कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा गम्भीर चासो देखाउँदै यसलाई नीति तथा कार्यक्रममै समेट्ने प्रतिबद्धता पौडेलले गरे ।

    उनले स्थानीयका गुनासा टिपोट गर्दै विकास निर्माणका अधुरा कामलाई सम्पन्न गर्ने, टोलस्तरमै योजना छनोट गर्ने र व्यवस्थित शहरी विकासको स्पष्ट खाका अघि सार्ने बताए।त्यसैगरी, दिउँसो १ बजेदेखि बुटवल–२ मा घरदैलो अभियान सञ्चालन गरिएको थियो। पारी बुटवल, फूलबारी, मैनाबगर, पाखापानी लगायतका क्षेत्रमा मतदातासँग भेटघाट गर्दै उहाँले ऐतिहासिक बुटवलको पहिचान जोगाउँदै योजनाबद्ध विकास गर्ने प्रतिबद्धता दोहोर्याए ।पुरानो बटौली क्षेत्रको ऐतिहासिक महत्वलाई संरक्षण गर्दै पुरानो बजारलाई थप व्यवस्थित, सुरक्षित र पर्यटकीय दृष्टिले आकर्षक बनाउने योजना अघि सारिएको छ।

    अव्यवस्थित संरचना व्यवस्थापन, पार्किङ समस्या समाधान, ढल तथा फोहोर व्यवस्थापन सुधार र साना व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिने बताइएको छ ।घरदैलो अभियानका क्रममा स्थानीयले रोजगारी सिर्जना, बजार व्यवस्थापन र आधारभूत पूर्वाधार सुधारमा ठोस कामको अपेक्षा राखेका थिए। उम्मेदवार पौडेलले “विकास कागजमा होइन, व्यवहारमा देखिनुपर्छ” भन्दै परिणाममुखी कार्यशैली अपनाउने प्रतिबद्धता व्यक्त गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology