Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देश गम्भीर परिस्थितिमा छ, सोचेर मात्र मतदान गर्नुस् : विश्वप्रकाश शर्मा

देश गम्भीर परिस्थितिमा छ, सोचेर मात्र मतदान गर्नुस् : विश्वप्रकाश शर्मा

  • 591
    SHARES

  • देश गम्भीर परिस्थितिमा छ, सोचेर मात्र मतदान गर्नुस् : विश्वप्रकाश शर्मा

    पश्चिम नवलपरासी, फागुन १४ ।

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश गम्भीर परिस्थितिमा रहेको बताउँदै सोचेर मात्र मत व्यक्त गर्न आग्रह गर्नुभएको छ । आज पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे शर्माले २०६४ सालमा आवेगमा मत व्यक्त गर्दा देशले दुख पाएको बताउँदै अहिले पनि लहडमा मत व्यक्त गर्दा देश सङ्कटमा पर्न सक्ने बताउनुभएकाे हाे । 

    २०६४ सालमा मतदाताबाट गल्ती हुँदा समयमै संविधान बन्न नसकेको स्मरण गर्न आग्रह गर्दे काँग्रेस अहिलेको जटिलताको समाधान गर्न सक्ने एक मात्र पार्टी भएको दाबी गर्नुभयो । जेनजीको माग बमोजिम परवर्तनको सुरुवात नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट गरेको बताउँदै उहाँले आफू कुरा मात्र नभए व्यवहारमा परिवर्तन भएर आएको बताउनुभयो । कांग्रेसले देशको समस्या पहिचान र समाधान गर्ने गरि योजना बनाएर आएकाले अब कांग्रेसलाई बहुमत दिएर सरकारको नेतृत्व गर्ने स्थानमा जनमतले पुर्‍याउनु पर्ने उपसभापति शर्माले जोड दिनुभयो । 

    आगामी निर्वाचनदेखि कांग्रेसमा टिकट लिन केन्द्रमा धाउनुपर्ने अवस्थाको अन्त्य हुने पनि उहाँले जानकारी दिनुभयो । आगामी महाधिवेशनबाट विशेष महाधिवेशनमा आएका विधि प्रक्रियाको विषय अनुमोदन भएपनि पार्टी भित्रको आन्तरिक निर्वाचनबाट उम्मेदवारको तय हुने पनि शर्माले जानकारी दिनुभयो । नवलपरासीको क्षेत्र नम्बर एक र दुई मा आज आयोजित चुनावी सभालाई शर्माले सम्बोधन गर्नुभएको थियो ।

    काँग्रेसबाट क्षेत्र नम्बर एकमा उद्योगपति बिनोद चौधरी र क्षेत्र नम्बर दुईमा सुनवल नगरपालिकाका पूर्व नगर प्रमुख भीम बहादुर थापा उम्मेदवार हुनुहुन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology