Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र सन्तुलित विकासमा प्रतिबद्ध छु : बासुदेव घिमिरे

सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र सन्तुलित विकासमा प्रतिबद्ध छु : बासुदेव घिमिरे

  • 741
    SHARES

  • सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र सन्तुलित विकासमा प्रतिबद्ध छु : बासुदेव घिमिरे

    भैरहवा,फागुन १३ ।

    नेकपा (एमाले) बाट रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार बासुदेव घिमिरेले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र सन्तुलित विकास आम नागरिकले अपेक्षा राखेको बताउनुभएको छ ।

    उहाँले यी अपेक्षा पूरा गर्न आफूले डटेर नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । एमाले रुपन्देही क्षेत्र नम्बर ३ अन्तर्गत सिद्धार्थनगर नगरपालिका–६ को निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालयको उद्घाटन गर्नुहुँदै घिमिरेले यो क्षेत्रसँग जोडिएका समग्र कामहरुको नेतृत्व गर्ने बताउनुभयो ।

    यस क्षेत्रका नागरिकले भोगेका तमाम समस्या संसद्मा लगेर मुखारित गर्ने कुराको नेतृत्व गर्ने उहाँको भनाइ छ । नेकपा (एमाले) ले लिएको लक्ष्य, नीतिले देशको विकास हुने भएकाले आगामी फागुन २१ गते हुने निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन घिमिरेले आग्रह गर्नुभयो ।

    त्यस्तै एमाले क्षेत्रीय कमिटी सदस्य तथा वडाको निर्वाचन परिचालन समितिका संयोजक राम दयाल गुप्ताले घरदैलोमा जाँदा बासुदेव घिमिरेलाई मतदान गर्ने मतदाताको बुझाइ रहेको पाइएको बताउनुभयो ।

    तिलोत्तमा नगरपालिकाको संस्थापक नगरप्रमुखको जिम्मेवारी सम्हाल्दा बासुदेव घिमिरेले राम्रो काम गरेर तिलोत्तमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल हुनुभयो । ‘२०७९ सालमा रुपन्देही क्षेत्र नम्बर ५ मा उम्मेदवार बन्नुभएका घिमिरे अत्याधिक मतका साथ प्रतिनिधि सभा सदस्यमा उहाँ निर्वाचित हुनुभयो । राम्रो काम गरेकै कारण उहाँ विकासप्रेमी नेताका रुपमा परिचित हुनुहुन्छ, ’गुप्ताले भन्नुभयो ।

    एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य राजेन्द्र प्रसाद पन्थीको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–६ कमिटीको उपाध्यक्ष अनिता थापाको स्वागत तथा अध्यक्ष मदन प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । मंगलबार वडा नम्बर ६ का विभिन्न टोलमा पुगेर घरदैलो कार्यक्रम गरिएको वडा कमिटीका सचिव आनन्द प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology