Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विकास,सुशासनसंगै मतदाताका समस्याहरु समाधान गर्छु : चुन्नप्रसाद पौडेल

विकास,सुशासनसंगै मतदाताका समस्याहरु समाधान गर्छु : चुन्नप्रसाद पौडेल

  • 693
    SHARES

  • विकास,सुशासनसंगै मतदाताका समस्याहरु समाधान गर्छु : चुन्नप्रसाद पौडेल

    बुटवल,फागुन १३ ।

    फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनआउन अब ८ दिन मात्र बाँकी रहँदा चुनावी माहोल झन् तीब्र पारिएको छ । रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेल र समानुपातिक उम्मेदवार रिता सेन ओलीले बुधबार नवौं दिनको घरदैलो अभियानलाई निरन्तरता दिएका छन् ।

    उम्मेदवार चुन्नप्रसाद पौडेलले विकास, सुशासनसंगै मतदाताका समस्याहरु समाधान गर्ने बताए । बिहान ७ बजेबाट सुरु भएको घरदैलो अभियान बुटवल उपमहानगरपालिका–१० को रामनगर क्षेत्रबाट प्रारम्भ भएको थियो । रामनगरबाट सुरु भएको टोली बुटवल राजमार्ग चौराहा आसपासका टोल हुँदै विभिन्न टोलमा पुगेको थियो । उम्मेदवारहरूले घरघरमा पुगेर मतदातासँग भेटघाट गर्दै आशीर्वाद र सुझाव संकलन गरे ।

    अभियान पथबाट योगिकुटी क्षेत्र हुँदै सर्विस लेनमार्फत पुनः चौराहामा आएर सम्पन्न भएको थियो । घरदैलोका क्रममा स्थानीयले आफ्ना टोलका विभिन्न समस्या खुलेर राखेका थिए । विशेषगरी ढल निकासको समस्या, टोल सुधार कार्यक्रमको आवश्यकता, सडक स्तरोन्नति र सरसफाइ व्यवस्थापनका विषयमा गुनासा आएका थिए ।

    मतदातासँग भेटघाट गर्दै आशीर्वाद र सुझाव संकलन :ghardailo_chunna (1).jpg

    उम्मेदवार पौडेलले स्थानीयका समस्या नोट गर्दै समाधानका लागि प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले विकास निर्माणका अधुरा कामलाई पूरा गर्दै व्यवस्थित शहरी विकासमा जोड दिने बताएका थिए ।

    त्यसैगरी दिउँसो १ बजेबाट बुटवल उपमहानगरपालिका–८ मा पनि घरदैलो अभियान सञ्चालन गरिएको थियो । उक्त क्षेत्रमा शुक्रपथ, कुशुमपथ, धर्मपथ, राजमार्ग चौराहा, त्रिभुवनपथ, दशरथपथ, श्रवणपथ र भाटभटेनी लाइन आसपासमा पुगेर उम्मेदवारहरूले मतदातासँग भेटघाट गरेका थिए । स्थानीय बासिन्दाले खानेपानी, ढल निकास, सडक व्यवस्थापन तथा ट्राफिक समस्याका विषयमा आफ्ना धारणा राखेका थिए ।

    केही स्थानमा ढल निकासको अभावले वर्षायाममा समस्या हुने गरेको गुनासोसमेत आएको थियो ।घरदैलो अभियानका क्रममा स्थानीयले उम्मेदवारलाई फूलमाला, टीका तथा खादा लगाएर स्वागत गरेका थिए । चुनावी अभियानमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

    निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिँदै घरदैलो अभियानलाई अझ तीव्र बनाएका छन् । कांग्रेसका उम्मेदवार पौडेलले विकास, सुशासन र स्थानीय समस्या समाधानलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताएका छन् । अब बाँकी दिनहरूमा पनि विभिन्न वडामा घरदैलो तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिने प्रचारप्रसार संयोजक तथा क्षेत्रीय सभापति प्रजापाल गिरीले बताए ।

    ghardailo_chunna (2).jpgयी समाचार पनि पढाैँ:-

    विकास,सुशासनसंगै मतदाताका समस्याहरु समाधान गर्छु : चुन्नप्रसाद पौडेल

    बुटवल बजार क्षेत्रका तीनवटा वडामा कांग्रेसले गर्यो सयौँको सहभागितामा घरदैलो

    नेपाली कांग्रेसले सातै प्रदेशमा ठुला चुनावी सभा गर्ने,कहिले कहाँ ?

    मतदातामाझआफ्ना योजना सुनाउँदै काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेल

    चुन्नप्रसाद जस्ले दिएका छन् आधा दर्जन ठुला व्यवसायिक प्रतिष्ठानबाट ५ हजार बढिलाई प्रत्यक्ष रोजगारी

    चालीस बर्ष मुनिका १५० जना युवा कांग्रेसमा प्रवेश

    जेनजी युवा तथा विद्यार्थी भेलामा उल्लेख्य सहभागिताले कांग्रेसमा उत्साह

    कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद शर्मा

    विकास,सुशासनसंगै मतदाताका समस्याहरु समाधान गर्छु : चुन्नप्रसाद पौडेल

    चुन्नप्रसाद जस्ले दिएका छन् आधा दर्जन ठुला व्यवसायिक प्रतिष्ठानबाट ५ हजार बढिलाई प्रत्यक्ष रोजगारी

    कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद शर्मा

    रुपन्देही २ मा चुन्नलाई मत दिन चिकित्सक र इञ्जिनियरहरुको आह्वान

    जनताको समस्या सुन्दै घरदैलोमै केन्द्रित छन् कांग्रेस उम्मेदवार चुन्नप्रसाद

    रुपन्देही २ मा जेन–जी समुहका युवा विद्यार्थीले गरे काँग्रेस उम्मेद्वार चुन्नलाई समर्थन

    `बदलिएको काँग्रेसले मुलुकलाई पनि बदल्ने तागत राख्छ´: नेताहरू

    `मेरो धेरै र झुट बोल्ने बानी छैन,काम गरेर देखाउछु´ : चुन्नप्रसाद पौडेल

    रूपन्देही-२ मा कांग्रेसका चुन्नप्रसाद पौडेलले गरे उम्मेदवारी दर्ता

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology