Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपाका अध्यक्ष ऋषिराम कट्टेललाई छाड्न सर्वोच्चको आदेश

नेकपाका अध्यक्ष ऋषिराम कट्टेललाई छाड्न सर्वोच्चको आदेश

  • 396
    SHARES

  • नेकपाका अध्यक्ष ऋषिराम कट्टेललाई छाड्न सर्वोच्चको आदेश

    बुटवल,फागुन १३ ।

    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।मंगलबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासले कट्टेललाई रिहा गर्न आदेश दिएको हो।

    कट्टेलले फागुन २१ गते हुने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले निर्वाचनमै असर गर्न सक्ने भन्दै प्रहरीले उनलाई फागुन ६ गते पक्राउ गरेको थियो।

    प्रहरीले पक्राउ गरेपछि बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्चमा दायर गरेका थिए। त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई छाड्न आदेश दिएको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology