Logo बिहिवार, आश्विन १ गते २०८३
images

धादिङ बस दुर्घटना : छानबिनको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई

धादिङ बस दुर्घटना : छानबिनको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई

  • 465
    SHARES

  • धादिङ बस दुर्घटना : छानबिनको जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई

    काठमाडौँ,फागुन १२।

    धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्ने जिम्मेवारी सहसचिव ऋषिराम तिवारीलाई दिइएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख तिवारीलाई कार्यदलको संयोजक तोकेका हुन् ।

    गृह मन्त्रालयमा सोमबार बसेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलमा नेपाल प्रहरीका एसएसपी, सशस्त्र प्रहरी बलका एसएसपी, सड्क विभागका सिनियर डिभिजनल इन्जिनियर र गृह मन्त्रालयका उप सचिव सदस्य छन् ।

    फागुन ११ मा बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिको चरौदी नजिक ग.२ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology