Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नवयुवाका भावना र विचारलाई प्राथमिकता : हिराबहादुर खत्री

नवयुवाका भावना र विचारलाई प्राथमिकता : हिराबहादुर खत्री

  • 444
    SHARES

  • नवयुवाका भावना र विचारलाई प्राथमिकता : हिराबहादुर खत्री

    देवदह, फागुन ११ ।

    रुपन्देही क्षेत्रनम्बर–१ मा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हिराबहादुर खत्रीले नवयुवाका भावना र विचारलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने बताउनु भएको छ । उहाँले नव युवाहरु भविष्यका कर्णधारसँगै वर्तमानका सहयात्री भएकाले उनीहरुको आवाज र भावनालाई सम्बोधन गर्न कांग्रेसले नयाँ नीति ल्याउने बताउनुभयो । रुपन्देही क्षेत्रनम्बर एकको तिलोत्तमा–८ जागृतीचोकमा रहेका ओमनी पार्टी प्यालेसमा नवयुवा (जेनजी) समुहका युवाहरुसँग भएको अन्तरसंम्वादमा उम्मेद्वार खत्रीले जेनजीको भावनासँगै उनीहरुले उठाएका मुद्धालाई सम्बोधन गर्नु पहिलो प्राथमिकता रहने बताउनुभयो ।

    कार्यक्रममा नवयुवाहरुले मुलुकका स्थायी सरकार, सुशासनमैत्री ब्यवस्था, सबैकालागि रोजगारी, कृषिमा आधुनिकीकरण, पछिल्ला घटनाक्रम लगायतका विषयलाई उम्मेद्वार खत्रीका सामुन्ने प्रस्तुत गरेका थिए । नव युवाले उठाएका मुद्धाहरुलाई सम्बोधन गर्दै उम्मेद्वार खत्रीले युवाका चाहना र आवश्यकतालाई पुरा गर्ने गरि कांग्रेस पार्टीनै बदलिएको उल्लेख गर्दै अव मुलुक युवाको हातमा आएको र युवाको चाहना अनुसारको मुलुक बन्ने विचार राख्नुभयो । उहाँले गएको भदौ–२३ र २४ गतेको नवयुवा आन्दोलन र त्यसले निम्त्याएको अवस्थाले मुलुकमा परिवर्तन चाहेको बताउदै समयसापेक्ष सरकार गठन र त्यसले सबैका मुद्धालाई सम्बोधन गर्नु अति जरुरी रहेकाले ति मुद्धा उठाउन आफ्नो प्रतिवद्धता रहने विश्वास ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा निर्वाचन परिचालन संयोजक तथा कांग्रेस जिल्ला सचिव हरिप्रसाद काफ्ले, सहसंयोजक बासुदेव रिमाल, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेलगायतले अव नव युवाहरुको भावनालाई बुझेर मुलुकको वागडोर सम्हाल्ने वेला भएको विचार राख्नुभयो । कार्यक्रममा झण्डै डेढ सय जेनजी नवयुवाहरुको सहभागिता रहेको प्रचार प्रसार सदस्य  राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology