Logo मंगलवार, श्रावण १२ गते २०८३
images

धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो,९ जनाको सनाखत (नामावली)

धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो,९ जनाको सनाखत (नामावली)

  • 327
    SHARES

  • धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो,९ जनाको सनाखत (नामावली)

    बुटवल,फागुन ११ ।

    धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ। सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका-५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा ग २ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालले जानकारी दिए।

    उनका अनुसार उक्त बस अनियन्त्रित भएर २०० मिटर तल त्रिशुली नदी किनारामा खसेको थियो।दुर्घटनामा ज्यान गुमाएकामध्ये ९ जनाको सनाखत भएको छ।

    एक जना २४ वर्षीय बेलायती नागरिक स्टिवर्ट डोमिनिक इथनको मृत्यु भएको छ।पोखराका ४० वर्षीय विवेक बास्तोला, स्याङ्जाका ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँका ४० वर्षीय ओमकुमार मल्ल, धादिङका ३० वर्षीय इन्जिनियर ठकुरी, तनहुँकी ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंका ४२ वर्षीय लोप्साङ गोले, तनहुँका ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पाका ५५ वर्षीय नविन्द्र श्रेष्ठको मृत्यु भएको हो।

    अन्य मृतकको पहिचान खुलिसकेको छैन।मृत्यु हुने एक जनाको दाहिने हातको नाडीमा रोहित लेखिएको र अर्काको नाडीमा चमेरो र गितारको ट्याटु भएका व्यक्ति छन्। दुर्घटनामा घाइते भएका १४ जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।१० जनको कलंकीस्थित नेसनल मेडिकल कलेज र एक जना न्यूजिल्यान्डकी मेरी इभाडेको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology