बुटवल,फागुन ११ ।
बुटवल उपमहानगरपालिका वडा नं. ९ का दर्जनबढी युवाहरु विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बदलिएको नेपाली काँग्रेसमा केही आशा र भविश्य समेत देखेर आफूहरु तरुणदल मार्फत नेपाली काँग्रेसमा प्रवेश गरेको उनीहरुले बताए ।
आसन्न प्रतिनीधि सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेललाई विजयी गराउने अभियान सहित नेपाली काँग्रेसमा प्रवेश गरेको पनि उनीहरुको भनाई छ ।
नेपाल तरुण दल वडा समितिको आयोजनामा भएको कार्यक्रममा नेपाल तरुण दलका पूर्वकेन्द्रीय सचिव चिरञ्जिवी जोशी, नेता जनक कोईरालाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
नेपाल तरुण दल वडा समितिका सभापति शिव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जिवी जोशी, नेता जनक कोईराला, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य ईञ्जिनीयर कुशुमराज ज्ञवाली, तरुण दल बुटवल नगर सभापति सुजन पुन, नेपाली काँग्रेस बुटवल ९ का सभापति प्रदिप श्रेष्ठ, आशिष भण्डारीलगायतले नेपाली काँग्रेसमा युवाहरुको आकर्षणले रुपन्देही २ सहित देशभर काँग्रेसको पक्षमा माहोल राम्रो बनाएको बताएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)