Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रास्वपा बागमती प्रदेश सदस्य हरिलालले छाडे पार्टी गरे कांग्रेसमा प्रवेश

रास्वपा बागमती प्रदेश सदस्य हरिलालले छाडे पार्टी गरे कांग्रेसमा प्रवेश

  • 360
    SHARES

  • रास्वपा बागमती प्रदेश सदस्य हरिलालले छाडे पार्टी गरे कांग्रेसमा प्रवेश

    चरीकोट,फागुन ११ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाका प्रभावशाली नेता तथा बागमती प्रदेश समिति सदस्य हरि चौलागाईंले पार्टी परित्याग गरेका छन् ।रास्वपाको संघीय निर्वाचन परिचालन समिति सदस्यसमेत रहेका चौलागाईं लामो समयदेखि पार्टीको संगठन विस्तार र निर्वाचन परिचालनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । 

    चौलागाईंले रास्वपाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको बताएका छन् ।विरोधकै राजनीतिमा सीमित रहने, व्यवहारमा भन्दा भाषणमा बढी केन्द्रित शैली चित्त बुझेन,” चौलागाईंले भने । उनले जनताको प्रत्यक्ष सुख–दुःखमा जोडिने, विकास र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्ने स्पष्ट कार्यदिशा आवश्यक रहेकोसमेत उल्लेख गरेका छन्।

    दोलखामा अन्य पार्टी छाड्ने क्रम बढ्नु र नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलिरहेको छ । यसबाट प्रत्यक्ष रूपमा कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीलाई फाइदा पुगेको छ ।

     

    lrt.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology