Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बागलुङको गलकोटमा गण्डकी प्रदेश मुख्यमन्त्री कप भलिबल छनोट प्रतियोगिता

बागलुङको गलकोटमा गण्डकी प्रदेश मुख्यमन्त्री कप भलिबल छनोट प्रतियोगिता

  • 2.5K
    SHARES

  • बागलुङको गलकोटमा गण्डकी प्रदेश मुख्यमन्त्री कप भलिबल छनोट प्रतियोगिता

    कौरव खत्री/बागलुङ,माघ २५- 

    बागलुङको गलकोटमा गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप महिला/पुरुष भलिबल छनोट प्रतियोगिता सम्पन्न भएको छ ।

    समापनको अवसरमा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरतशर्मा गैरेले भलिबल खेललाई सस्थागत रुपमा बिकास गर्नुपर्ने बताउनुभयो ।

    उहाँले राष्ट्रका लागी खेलकुद, स्वास्थ्यकालागी खेलकुद भन्ने उद्घोषका संचलन हुने खेलकुदमा खेलाडिहरुले अनुशासित रुपमा आफ्नो क्षमता प्रतुत गर्नुपर्ने बताउनुभयो ।

     उहाँले सरकारले राष्ट्र चिनाउने माध्ययमको रुपमा खेलकुदलाई आत्मसाथ गरेकोले खेलाडिहरुले उकृष्ट प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।

    खेलाडी राष्ट्रका गहना हुन, नगरप्रमुख गैरेले भन्नुभयो- ‘खेलमा अनुशासन देखाउनु खेलाडिको जिम्मेवारी र कर्तब्य हो ।’

    उहाँले जिल्लाका बिभिन्न पालिकाबाट सहभागी भई आफ्नो कला तथा क्षमता प्रस्तुत गरि छनोटमा पर्ने खेलाडिलाई अग्रीम शुभकामना समेत ब्यक्त गर्नुभयो । 

    छनोट प्रतियोगितामा बागलुङ नगरपालिका बाहेक अन्य  ९ ओटा स्थानीय पालिकाको तर्फबाट सहभागिता जनाएको पुरुष भलिबल तर्फ गलकोट नगरपालिका प्रथम, ताराखोला गाँउपालिका दित्तिय भएको जिल्ला भलिबल संघले जनाएको छ । त्यस्तै महिला भलिबल तर्फ ताराखोला गाँउपालिका प्रथम, ढोरपाटन नगरपालिका दित्तिय भएको राष्ट्रिय रेफ्रि राजन कार्कीले जानकारी दिनुभयो ।  

    छनोट प्रतियोगिता सम्पन्न भएसंगै उत्कृष्ट खेलाडिको छनोट भएकोले केही दिनमै उत्त छनोटमा पर्ने खेलाडिहरुको सार्वजनिक गरि आगामी फागुन ४ देखी ुहने प्रथम मुख्यमन्त्री कप भलिबल प्रतियोगिताकोलागी अभ्यास खेलहरु संचालन गर्ने जिल्ला भलिबल संघका अध्यक्ष याम श्रीसले जानकारी दिनुभयो । 

    कार्यक्रम जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष याम श्रीसको अध्यक्षता, उपाध्यक्ष यामु पैवीको स्वागत तथा सह–कोषाध्यक्ष किशोर थापाको संचालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, माघ २५ २०७७१०:३४:५८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology