Logo बिहिवार, आश्विन १ गते २०८३
images

मुलुकको विकासकालागि कृषि र पर्यटन महत्वपुर्ण आधारस्तम्भ : हिरा केसी

मुलुकको विकासकालागि कृषि र पर्यटन महत्वपुर्ण आधारस्तम्भ : हिरा केसी

  • 582
    SHARES

  • मुलुकको विकासकालागि कृषि र पर्यटन महत्वपुर्ण आधारस्तम्भ : हिरा केसी

    देवदह,फागुन ८ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि रुपन्देही क्षेत्रनम्बर–१ मा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका हिराबहादुर खत्रीले गरिव,  विपन्न तथा पछाडी परेका वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीकालागि नीतिगत पहल गर्ने बताउनु भएको छ ।

    उहाँले पछाडी परेका र पछाडी पारिएका वर्गको आर्थिक र सामाजिक अवस्था माथी उकास्नकालागि नीतीगत ब्यवस्था हुनु पर्ने बताँउदै त्यसकालागि आफुले सरकारसँग कुरा गठाउने र नीति निर्माणमा भुमिका खेल्ने बताउनु भएको हो ।

    रुपन्देही क्षेत्रनम्बर–१ अन्तरगत रोहिणी गाउँपालिकाको वडानम्बर–३, ४ र ७ मा घरदैलो तथा जनभेटघाट गर्दै उम्मेदवार खत्रीले बदलिएको कांग्रेसले मतदाताको जीवनस्तर वदल्नकालागि पनि अव पछाडी परेका, विपन्न तथा तल्लोस्तरका आम नागरिको जीवन कसरी सुखद् बनाउन सकिन्छ भन्ने नीतिगत ब्यवस्था ल्याउने बताउनु भयो ।

    उहाँले कांग्रेसले अव सबैको आवाज सुन्ने र तलदेखि माथीसम्म र माथीदेखि तलसम्म सबैलाई समान हैसियतले हेर्ने एकमात्र पार्टी कांग्रेस भएकाले अहिलेको सरकार कांग्रेसकै बहुमतका आधारमा बनाउन आवश्यक रहेको पनि बताउनुभयो ।IMG_5967.jpeg मुलुकको विकासकालागि कृषि र पर्यटन महत्वपुर्ण आधारस्तम्भ रहेकाको उल्लेख गर्दै ति विषयसँग जोडिएका नागरिकको अवस्थालाई पनिसँगसँगै लैजान राज्यले सहि नीति अवलम्बन गर्नु पर्ने बताउनुभयो । त्यसकालागि आफुले पहल गर्ने र तल्लोस्तरका नागरिकको अवस्था सुधारकालागि नीतिगत ब्यवस्था ल्याउने कुरामा आफ्नो भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

    खत्रीले रुपन्देही एकका विभिन्न पालिका र क्षेत्रहरुमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिनु भएको छ । रुपन्देहीको देवदह, तिलोत्तमा, ओमसतियाका विभिन्न वडा तथा टोलमा घरदैलो, जनभेटघाटसँगै सुझाव संकलन कार्यक्रमलाई उम्मेदवार खत्रीले निरन्तर जारी राख्नु भएको निर्वाचन परिचालन संयोजक हरि काफ्लेले जानकारी दिनुभयो । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, फाल्गुण ८ २०८२०९:२६:२८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology