Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमाले घोषणापत्र: जेनजीलाई प्रत्येक महिना १० जीबी डाटा,११ वटा कामहरू गर्ने प्रतिबद्धता

एमाले घोषणापत्र: जेनजीलाई प्रत्येक महिना १० जीबी डाटा,११ वटा कामहरू गर्ने प्रतिबद्धता

  • 558
    SHARES

  • एमाले घोषणापत्र: जेनजीलाई प्रत्येक महिना १० जीबी डाटा,११ वटा कामहरू गर्ने प्रतिबद्धता

    काठमाडौं, फागुन ७ ।

    नेकपा एमालेले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए मन्त्रिपरिषद् बैठकबाटै निर्णय गराएर विभिन्न ११ वटा कामहरू गर्ने प्रतिबद्धता जनाएको छ ।

    बिहीबार घोषणापत्र सार्वजनिक गर्दै एमालेले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए मन्त्रिपरिषद् बैठकबाट तत्काल निर्णय गराएर विभिन्न ११ वटा कामहरू गर्ने प्रतिबद्धता जनाएको हो ।एमालेको घोषणा पत्रमा जेनजी उमेर समूहका युवालाई निःशुल्क इन्टरनेट डाटादेखि सुरक्षाकर्मीको सम्मानसम्मका ११ वटा कामहरू मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर काम गरिने उल्लेख छ ।

    काठमाडौंको तारे होटल एभरेस्टमा भव्य समारोह आयोजना गरेर सार्वजनिक गरिएको घोषणा पत्रमा जेनजी उमेर समूहका युवालाई मासिक १० जीबी इन्टरनेट डाटा दिने प्रतिबद्धता जनाइएको छ ।गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि आलोचित हुँदै आएको एमालेले जेनजी युवालाई लक्षित गरेर घोषणापत्रमा भनेको छ, ‘१८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म हरेक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने छौं ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology