Logo बिहिवार, आश्विन १ गते २०८३
images

मुलुकमा रोजगारी, सुशासन र युवामैत्री नीति निर्माण गर्ने हिरा केसीको प्रतिबद्धता

मुलुकमा रोजगारी, सुशासन र युवामैत्री नीति निर्माण गर्ने हिरा केसीको प्रतिबद्धता

  • 636
    SHARES

  • मुलुकमा रोजगारी, सुशासन र युवामैत्री नीति निर्माण गर्ने हिरा केसीको प्रतिबद्धता

    देवदह, फागुन ६ ।

    प्रतिनिधी सभा सदस्य निर्वाचनकालागि रुपन्देही क्षेत्रनम्बर–१ मा कांगेसकोतर्फबाट उम्मेदवार बनेका हिराबहादुर खत्रीले नवयुवा (जेनजी) का मुद्धालाई सम्बोधन गर्नकै लागि आफुले उम्मेद्वारी दिएको बताउनुभएको छ ।

    मुलुकमा सुशासनकालागि भदौ–२३ र २४ मा नवयुवा जेनजी आन्दोलन भएको स्मरण गर्दै मुलुकमा रोजगारी, सुशासन र युवामैत्री नीति निर्माणमा भुमिका खेल्नकालागि उम्मेद्वारी दिएको बताउनुभयो । रुपन्देहीको देवदहमा बुधबार भएको उम्मेद्वारसँग खुल्ला बहस कार्यक्रमलाई सम्बोधन गर्दै खत्रीले आफ्नो क्षेत्रको पर्यटन, कृषि, रोजगारी र पुर्वाधार विकासलाई प्राथमिकता दिने बताउनु भएको हो ।

    उहाँले निर्वाचनले मुलुकलाई सही दिशा दिने उल्लेख गर्दै जेनजीका चाहना र उनीहरुको आवश्यकताका आधारमा बन्ने सरकारकालागि पनि आउने निर्वाचन महत्वपुर्ण भएको बताउनुभयो । आम नागरिकमा धेरै निराशाहरु रहेको, मुलुकमा केही भएन भनेर ठुलो युवाशक्ति विदेश पलायन भएको अवस्थामा स्थिर र स्थायी सरकार आम नागरिकको चाहना भएकाले कांग्रेस आफु पनि बललिएको र मुलुकलाई पनि बदल्ने अठोट लिएको स्पष्ट पार्नुभयो ।

    सार्वजनिक संघसंस्थाहरुमा राजनीतिक हस्तक्षेप भएकै कारण आम नागरिकले धेरै दुःख पाएको स्मरण गर्दै उम्मेदवार खत्रीले कांग्रेसले बहुमत ल्याएमा सबैले विश्वास गर्ने सरकार निर्माण गर्ने पार्टीको रोडम्याप रहेको बताउनुभयो । 

    यसैबीच उम्मेदवार खत्रीले रुपन्देहीको क्षेत्रनम्बर एकका देवदह, तिलोत्तमा, ओमसतिया, रोहीणीका विभिन्न वडा तथा टोलमा घरदैलो, जनभेटघाट र सुझाव संकलन गर्नु भएको क्षेत्रीय सचिव विजय गुरुङले जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, फाल्गुण ६ २०८२०५:४४:२४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology