Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल उपमहानगरपालिकाको आज ६७ औँ स्थापना दिवस,सन्देशमुलक ढंगले मनाइने

बुटवल उपमहानगरपालिकाको आज ६७ औँ स्थापना दिवस,सन्देशमुलक ढंगले मनाइने

  • 819
    SHARES

  • बुटवल उपमहानगरपालिकाको आज ६७ औँ स्थापना दिवस,सन्देशमुलक ढंगले मनाइने

    बुटवल,फागुन ३ ।

    बुटवल उपमहानगरपालिकाले आज आफ्नो ६७ औँ स्थापना दिवस औपचारिक कार्यक्रमका बीच मनाउँदैछ

    विगतका वर्षहरूमा भव्य समारोहसहित मनाइँदै आएको स्थापना दिवस यस वर्ष भने प्रतिनिधिसभा निर्वाचनकोआचारसंहिता लागू भएका कारण सामान्य संक्षिप्त रूपमा मनाइने भएको हो

    उपमहानगरपालिकाले स्थापना दिवसको अवसरमा सप्ताहव्यापी रूपमा सञ्चालन गरिएका विभिन्न कार्यक्रम भनेसफलतापूर्वक सम्पन्न गरेको जनाएको

    बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलेनिर्वाचन आचारसंहिताका कारण यस वर्ष स्थापना दिवसलाई संक्षिप्त तर सन्देशमूलक ढंगले मनाइने जानकारीदिए उनले विगत वर्षहरूमा हासिल गरिएका प्रमुख उपलब्धिहरू स्थापना दिवसकै अवसरमा सार्वजनिक गरिनेपनि बताए

    उनका अनुसारउज्यालो बुटवलअभियान अन्तर्गत नगरका मुख्य चोक तथा सडक क्षेत्रमा एक सातासम्मसरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो

    उक्त अभियानले शहरलाई सफा, सुन्दर व्यवस्थित बनाउनेदीर्घकालीन लक्ष्यलाई थप सुदृढ बनाएको उनको भनाइ साथै, उज्यालो शहर निर्माण अभियान अन्तर्गतसरसफाइ, हाईमास्ट बत्ती जडान तथा विभिन्न पूर्वाधार विकासका कामहरू प्रभावकारी रूपमा अघि बढाइएकोपनि उनले जानकारी दिए

    नगर प्रमुख पाण्डेयले बुटवल ऐतिहासिक, सांस्कृतिक तथा सभ्यताको महत्वपूर्ण केन्द्र भएको उल्लेख गर्दैजितगढी किल्ला पुरानो बटौली क्षेत्रका ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको बताए

    बुटवललाई शिक्षा, स्वास्थ्य खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा कामभइरहेको उनले स्पष्ट पारे

    त्यसैगरी, उपप्रमुख सावित्रा आर्यालले शिक्षा, स्वास्थ्य, रोजगारी, महिला उद्यमशीलता तथा महिलासशक्तीकरणलाई नगरको प्रमुख प्राथमिकतामा राखिएको बताइन् IMG_5595.jpeg

    महिलाहरूको आर्थिक सशक्तीकरणबिनासमग्र नगर विकास सम्भव नहुने उल्लेख गर्दै उनले महिला लक्षित कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइनेजानकारी दिइन् साथै, शिक्षाको गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि विशेष कार्यक्रम सञ्चालन गरिएकोपनि उनले बताइन्

    उपमहानगरपालिकाले स्थापना दिवसलाई उपलब्धिमूलक, सन्देशमूलक विकासमुखीकार्यक्रममार्फत मनाउँदै बुटवललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित नगरका रूपमा पहिचान दिलाउनेलक्ष्य लिएको जनाएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology