बुटवल,फागुन १ ।
रुपन्देहीका विद्यालयहरूबीच अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ।
बुटवल एक्स आर्मी इङ्ग्लिस सेकेन्डरी स्कुलको आयोजनामा विद्यालय परिसरमै आज प्रतियोगिता भएको हो।
प्रतियोगितामा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका तथा तिलोत्तमा नगरपालिकाभित्रका २१ वटा विद्यालयहरूको सहभागिता रहेको थियो ।
कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइने यस कार्यक्रमले नेपाली लोकसंस्कृति संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको विद्यालयका प्रचार्य शंकर भट्टराइले बताउनुभयो । अर्को बर्ष दोस्रो संस्करणको लोकनृत्य गरिने उहाले बताउनुभयो ।
बुटवल एक्स आर्मी इङ्ग्लिस सेकेन्डरी स्कुलका अध्यक्ष क्याप्टेन दिलबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्यले एक्स आर्मी स्कुलले छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । उहाले प्याब्सनले गर्ने कार्यक्रम एउटा स्कुलले गर्नु निकै ठुलो उपलब्धि भएको बताउनुभयो ।
प्रतियोगितामा प्रथम भएको एभरेष्ट माबिलाई नगद रु. १५ हजारसहित ट्रफि रप्रमाणपत्र,द्वितीय भएको तिनाउ ईङ्लिस बोर्डिङ स्कुललाई रु.१० हजार नगदसहित प्रमाणपत्र र ट्रफि त्यस्तैतृतीय भएको गार्गी एकेडेमीलाइ रु. ७ हजार नगद,ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ भने सिद्धार्थ मेमोरियल सैनामैनाले सान्त्वना पुरस्कारस्वरूप रु. ३ हजार प्रदान र प्रमाणपत्र पाएको छ । साथै, सबै सहभागीहरूलाई सहभागिता प्रमाणपत्र वितरण गरिएको छ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षिका लक्ष्मी थापा र मिस सगुन क्षेत्रीले संयुक्त रूपमा गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)