Logo बिहिवार, आश्विन १ गते २०८३
images

६४.४४ अंकसहित कार्यसम्पादनमा बुटवल उपमहानगरपालिका देशभरमै सबैभन्दा अगाडी

६४.४४ अंकसहित कार्यसम्पादनमा बुटवल उपमहानगरपालिका देशभरमै सबैभन्दा अगाडी

  • 2.6K
    SHARES

  • ६४.४४ अंकसहित कार्यसम्पादनमा बुटवल उपमहानगरपालिका देशभरमै सबैभन्दा अगाडी

    बुटवल,माघ २९ ।

    देशभरिका ११ उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहागरपालिका सबैभन्दा अगाडि देखिएको छ ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार कार्यसम्पादन मूल्यांकन नतिजा सार्वजनिक गरेको छ ।

    जस अनुसार सबैभन्दा अगाडि ६४.४४ अंकसहित बुटवल छ । सबैभन्दा कमजोर इटहरी उपनगरपालिका छ । इटहरीले ३८.९६ अंकमात्र पाएको छ ।

    दाङका दुई उपमहानगरमध्ये तुल्सीपुरले ६१.५३ र घोराहीले ६१.०८ अंक पाएको तथ्यांक छ । धरान उपमहानगरले ४९.७६ अंक पाएको देखिन्छ ।

    आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरेरनगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको उल्लेख छ ।

    यसैगरी आव २०८१, ८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरेरनगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।

    आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाएरनबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरेरनगरेकोलाई समेत सूचक मानिएको छ ।

    यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिका अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ । देशभरि ८० अंक कटाउने स्थानीय तह भने ४ वटामात्र छन् । जसमा अधिकांश पश्चिम नेपालका छन् ।

    कुन उपमहानगरपालिकाले कति पाए अंक ?

    बुटवल : ६४.४४

    तुल्सीपुर : ६१.५३

    घोराही : ६१.०८

    धनगढी :५६.६०  

    नेपालगञ्ज : ५६.४५

    हेटौंडा : ५४.१३

    जनकपुर : ५१.५८

    धरानः  ४९.७६

    कलैया : ४९.५७

    जीतपुर सिमराः ४८.३९

    इटहरी : ३८.९६

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, माघ २९ २०८२०८:५४:५८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology