Logo बिहिवार, आश्विन १ गते २०८३
images

लैङ्गिक तथा यौनिक अल्पसंख्यकको मुद्धालाई बलियो बनाउन सबै जागरुक हुनुपर्छ : उपसभामुख थारु

लैङ्गिक तथा यौनिक अल्पसंख्यकको मुद्धालाई बलियो बनाउन सबै जागरुक हुनुपर्छ : उपसभामुख थारु

  • 2.5K
    SHARES

  • लैङ्गिक तथा यौनिक अल्पसंख्यकको मुद्धालाई बलियो बनाउन सबै जागरुक हुनुपर्छ : उपसभामुख थारु

    बुटवल,माघ २४- 

    लुम्बिनी प्रदेशसभाका उपसभामुख कृष्णी कुमारी थारुले सामाज रुपान्तरणको अभियानलाई अझै सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
    सञ्चारिका समूह रुपन्देही र साहसी कदम नेपालले सामाजिक अभियान्ता र पत्रकार महिला बीचमा आज बुटवलमा आयोजना गरेको अनुभव आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले लैङ्गिक तथा यौनिक अल्पसंख्यकको मुद्धालाई बलियो बनाउन सामाजिक अभियान्ता अझै जागरुक हुनुपर्ने धारणा राख्नुभयो ।

    महिलाहरु आर्थिक आत्मनिर्भर नहुँदासम्म सधैँ पछाडि पर्ने बताउँदै उहाँले अब उद्योग, पर्यटन जस्ता क्षेत्रमा महिलालाई सक्रिय सहभागी बनाउनुपर्ने बताउनुभयो ।

    महिला अधिकारको रक्षा र शशक्तीकरणको सवाललाई बलियो बनाउन सञ्चारसंस्था र महिला पत्रकारको विशेष भूमिका रहने बताउनुभयो ।आफु कम्लहरी हुँदा धेरै पिडा सहेकाले अरुले सहन नपरोस् भन्ने उद्देश्यले नै मुक्तीको आन्दोलनको नेतृत्व गर्दै प्रदेश सभाको यात्रा तय गरेको अनुभव सुनाउदै उहाँले संघर्षबाट पाठ सिकेर अगाडि बढेको बताउनुभयो ।

    उपसभामुख थारुले प्रदेश सभाबाट लैङ्गिकमैत्री कानून बनाउन आफ्नो सक्रियता रहने प्रतिवद्धता जनाउनुभयो ।कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सम्झना शर्माले अधिकारमूखी संस्थामा काम गर्दा समेत लैङ्गिकमैत्री वातावरण नहुँदा समस्या भोग्नुपरेको अनुभव सुनाउनुभयो । उहाँले नेतृत्व तहमा रहेका महिलाहरुलाई हेर्ने दृष्टिकोण पनि अझै सकारात्मक हुन नसकेको बताउनुभयो ।

    गैर सरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्माले पितृसतात्मक सोंच र व्यवहारका कारण सामाजिक क्षेत्रमा काम गर्ने महिलाहरुले समस्या भोग्नु परेकाले सबै मिलेर सशक्त ढंगले आवज उठाउनुपर्ने बताउनुभयो ।

    सञ्चारिका समूह रुपन्देहीका सल्लाहकारहरु माया गौतम, इन्दिरा अर्याल र अमृता अनमोलले महिला भएकै कारण पत्रकार महिलालाई गर्ने व्यहार फरक भएको बताउदै परिवर्तनका पक्षमा निरन्तर कलम चलाउनुपर्ने बताउनुभयो ।

    सञ्चारिका समूहका अध्यक्ष निरु गौतमले समाज परिवर्तन, न्याय र अधिकारका लागि सञ्चारिकामा आबद्ध पत्रकार महिलाले निरन्तर कलमको माध्यमबाट आवाज उठाउँदै आएको बताउनुभयो ।कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले हिंसा प्रभावित महिलाको न्याय र अधिकारका लागि काम गर्दा मानसिक रुपमा समेत पिरोलिनुपरेको अनुभव सुनाउँदै उहाँले सञ्चारसंस्थामा समाचार आएकै कारण पीडितलाई न्यायका लागि बल मिल्ने बताउनुभयो ।

    कार्यक्रममा साहसी कदम नेपालका अध्यक्ष आनिक रानाले पत्रकार महिलाहरुका कारण यौनिक तथा अल्पसंख्यक समुदायका आवाज उठाउन सजिलो भएको बताउनुभयो ।

    कार्यक्रममा सञ्चारिका समूहका उपाध्यक्ष मिना ढकाल, सचिव अस्मिना पाण्डे, रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष ज्ञानधारा पन्थ,सामाजिक अभियान्ताहरु रिता सेन,राधा भट्टराई, रिमा बिसी, रचना पन्त, जानकी घिमिरे, सरस्वती रिजाल लगायतले पत्रकारिता र समाजिक क्षेत्रको अन्योन्याश्रीत सम्बन्ध रहेकाले समाज परिवर्तनका लागि सामाजिक अभियान्ता र पत्रकारहरु एक भएर लाग्नुपर्ने बताउनुभयो ।

    कार्यक्रम सञ्चारिका समूहका कार्यबाहक काेषाध्यक्ष कल्पना डुम्रे ज्ञवाली र कार्यसमिति सदस्य पूजा पन्थीको संयाेजकत्वमा भएको हाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology