Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सामाजिक सचेतना तथा सम्बन्ध बिस्तारका लागि रोयल इन्फिल्डको बाइक राइड

सामाजिक सचेतना तथा सम्बन्ध बिस्तारका लागि रोयल इन्फिल्डको बाइक राइड

  • 891
    SHARES

  • सामाजिक सचेतना तथा सम्बन्ध बिस्तारका लागि रोयल इन्फिल्डको बाइक राइड

    बुटवल,माघ २४ ।

    गैरे प्रतिष्ठान बुटवलको आयोजनामा शनिबार रोयल इन्फिल्ड बाइक राइड सम्पन्न भएको छ ।

    बुटवल–११ कालिकानगरस्थित रोयल इन्फिल्डको शोरुमबाट सरु भएको र्याली राजमार्ग चौराह, पुस्पलालपार्क, नेपालगञ्ज रोड, गोलपार्क हुँदै भैरहवा बुद्धचोकसम्म पुगेर पुनः भलवारी आएर विशेष कार्यक्रमका बीच समापन गरिएको थियो । 

    कार्यक्रमको समुद्घाटन गर्दै नेपालमा रोयल इन्फिल्ड बाइका लागि आधिकारिक आयातकर्ता अल्फा अटोमोटिभ प्रालिका मेघराज पौडेलले सामाजिक सचेतना तथा सम्बन्ध बिस्तारका लागि कार्यक्रम सहयोगी बन्ने विश्वास व्यक्त गरे ।IMG_4979.jpeg

    रोयल इन्फिल्डले देशका विभिन्न शहरहरुमा हरेक महिना छोटो तथा लामो दूरीका यात्रा अभियान सञ्चालन गरिरहने बताउँदै उनले यसको माध्यमबाट पर्यटनको बिकास, राइडरहरु बीच व्यवसायिक तथा सामाजिक परिचय र सम्बन्ध बिकासमा टेवा पुग्ने गरेको उल्लेख गरे । शनिबार आयोजना गरिएको बाइक राइडमा १९० जना सहभागी भएका थिए । 

    उक्त राइडमा राइडरहरूको क्लब ह्विल्स अफ लुम्बिनी, बुटवल इन्फिल्डर्स, लुम्बिनी इन्फिल्डर्स, यल्लो रन्च बुटवल र ब्रदरहुड सैनामैनालगायतका क्लबहरूको सहभागिता रहेको गैरे प्रतिष्ठानका म्यानेजिङ डिरेक्टर प्रवशे गैरेले नागरिक अनलाइनलाइ जानकारी दिए । IMG_4985.jpegरोयल इन्फिल्डका नेपालका लागि ब्राण्ड एम्बास्डर सन्दिप क्षेत्री, अल्फा अटोमोटिभ प्रालिका मेघराज पौडेल, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दिपेश बस्याल, गैरे प्रतिष्ठानका सञ्चालक प्रेम गैरे लगायतले संयुक्त रुपमा फ्लेग राइज गरेर कार्यक्रमको सुरुवात गरेका थिए । सो अवसरमा राइडरहरुलाई ट्राफिक प्रहरीले सचेतना सम्बन्धी जानकारी समेत दिएको थियो । सहभागि मध्येबाट यल्लो रन्च बुटवल र सैनामैनालाइ उत्कृष्ट घोषणा गरि पुरस्कृत गरिएको थियो ।

    IMG_4991.jpeg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology