Logo बिहिवार, आश्विन १ गते २०८३
images

बेलबासको शिवालय मन्दिर : १ करोड २० लाख लागतमा जिर्णोद्वार,नंया मूर्तिको प्राणप्रतिष्ठा

बेलबासको शिवालय मन्दिर : १ करोड २० लाख लागतमा जिर्णोद्वार,नंया मूर्तिको प्राणप्रतिष्ठा

  • 1.8K
    SHARES

  • बेलबासको शिवालय मन्दिर : १ करोड २० लाख लागतमा जिर्णोद्वार,नंया मूर्तिको प्राणप्रतिष्ठा

    बुटवल,माघ २३ ।

    बुटवल १३ बेलबासमा रहेको शिवालय मन्दिरको जिर्णोद्वार गरि देवमूर्ति प्राणप्रतिष्ठा पूजन तथा आयब्यय बिबरण सार्वजनिक गरिएको छ ।

    बिस २०१४ सालमा स्थापित सो मन्दिरको १ करोड २० लाख ५७ हजारको लागतमा जिर्णोद्वार गरिएको हो ।मन्दिर ब्यवस्थापन तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरूषोत्तम बस्यालले बुटवल उपमहानगरपालिकाबाट ४० लाख र बांकी स्थानीय चन्दादाताको सहयोगमा मन्दिरलाइ नया स्वरूपमा निर्माण गरिएको बताउनुभयो ।IMG_4954.jpeg

    कार्यक्रममा प्रमुख अतिथि बुटवल नगर प्रमुख खेलराज पाण्डेयले धर्म संस्कृतिको संरक्षण  र सम्बर्धनका लागि उपमहानगरले बजेट बिनियोजन गरेको बताउनुभयो । उहाले सबै धर्मलाइ समान दृष्टि राखेर सहकार्य गरिएको बताउनुभयो ।IMG_4909.jpeg

    सो अवसरमा ,बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवी अर्यालले नगरले सबै वडामा योजना निर्माण र विकासमा कसैलाइ काखा पाखा नगर्ने बताउनुभयो ।IMG_4962.jpeg

    IMG_4953.jpegसो अवसरमा बुटवल १३ का वडाध्यक्ष नारायण पुन,मन्दिरका बरिष्ट उपाध्यक्ष पूर्णबहादुर कार्की ,सचिव नारायण खनाल ,सदस्य सचिव खिमानन्द पौडेल लगायतले बोल्दै नया स्वरूपमा बनेको शिवालय मन्दिर धार्मिक पर्यटकीय केन्द्र बन्ने बताउनुभयो । कार्यक्रममा चन्दादाताहरूलाइ सम्मान गरिएको छ भने दिनभर भजनकृतन र पुजाआजा गरिएको थियो ।IMG_4957.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, माघ २३ २०८२१०:२७:४६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology