बुटवल,माघ २० ।
रोयल इन्फिल्ड गैरे प्रतिष्ठान बुटवलको आयोजनामा माघ २४ गते बुटवलमा हुने रोयल इन्फिल्ड बाइक राइडको तयारी पूरा भएको छ । सो अवसरमा राइड र सहभागिसहित २०० जनाको सहभागीता रहनेछ ।
बाइक राइडको रुट बुटवल हुदै तिलोत्तमाको बोधीभिल्ला सम्म हुने गैरे प्रतिष्ठान बुटवलका एमडी प्रबेशराज गैरेले बताए ।
१५१ जना बढीले नाम दर्ता गरिसकेका गैरे प्रतिष्ठान बुटवल शो रूम म्यानेजर नारायणप्रसाद खनालले जानकारी दिए ।उक्त राइडमा राइडरहरुको क्लब ह्वील्स अफ लुम्बिनी,बुटवल इन्फिल्डर्स,लुम्बिनी इन्फिल्डर्स,यलो रन्च बुटवल र ब्रदरहुड सैनामैना लगायतका क्लबहरुको सहभागिता रहने गैरे प्रतिष्ठानका लेखा प्रमुख कमल घिमिरेले जानकारी दिए ।
कार्यक्रमका विषयमा जानकारी दिन राइडर क्लबहरु र गैरे प्रतिष्ठानबीच छलफल समेत भएको छ ।
राइडमा जानु अघि सहभागीहरुलाई ट्राफिक प्रहरीले ट्राफिक नियम पालना लगायतका विषयमा परामर्श दिने छ ।
गैरे प्रतिष्ठान बुटवलका एमडी प्रबेशराज गैरेले यो मेगा इभेन्ट एकदमै अनुशासित र व्यवस्थित हुने, राइड बढीमा साढे दुई घण्टा हुने र बोधिभिल्लामै लन्च पार्टी सहित सहभागी क्लबहरुलाई म्युजिक कार्यक्रमका साथमा उपहार वितरण गरेर सांझ ७ बजेभित्र समापन हुने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)