Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टनमा रबिन र हिमान्सुको जोडी बिजयी

लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टनमा रबिन र हिमान्सुको जोडी बिजयी

  • 609
    SHARES

  • लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टनमा रबिन र हिमान्सुको जोडी बिजयी

    बुटवल,माघ १८ ।
    लाफा समुह बुटवलले आयोजना गरेको तेस्रो  बुटवल मेयर कप ब्याडमिन्टन प्रतियोगितामा प्रदेश खुल्ला तर्फ  लाफाका रबिन केसी र हिमान्सु कुवर मगरको जोडी बिजय हुन सफल भएको छन । लाफाकै बिनोद र नारायणको जोडीलाई २–१ ले हराउदै एलेक्स र कुवरको जोडीले ५५ हजार कप मेडल प्रमाणपत्र हात पारेका  हुन । तेस्तै लाफाका  बिनोद पौडेल र नाराण पौडेलको  जोडी उप बिजेतामा चित बुझाएका छन । उनिहरूले ३५ हजार कप मेडल प्रमाणपत्र हात पारेका हुन । 
    तेस्तै मदौलिया ब्याडमिटन क्लबका  खेलाडी हरू बिबेक  अधिकारी बिबेक न्यौपाने गणेस रायमाझी नसिङ बुढाको टिमले १०-१० हजार कप मेडल प्रमाणपत्र प्राप्त गरेका हुन ।

    प्रदेश सि  लेवल तर्फ   लाफा समुहका खेलाडी सौरव अर्याल र संजिप खाती जेडी प्रथम  भएको हो उनिहरूले ३५ हजार कप मेडड प्रमाणपत्र  हात पारेका हुन भने घोराई ब्याडमिटन क्लबका मदन खडका र बिशाल घमको जोडीले नगद २५ हजार कप मेडल प्रमाणपत्र  तुतिय हुने गुल्मी लुम्पेकका खेलाडी यादब थापा र बिशाल  थापा ,युवराज पुन रबि ठकुरीको जोडीले ७ हजार ५ सय ७ हजार ५ सय कप मेडल प्रमाणपत्र पाएका हुन । 
    तेस्तै ५५ वर्ष माथीको भेटान्स  तर्फ भएको प्रतियोगितामा लाफाका पुरन गाहा र कृष्ण रानाको जोडी बिजयी भएका हुन उनीहरूले बुटवल ब्याडमिटन क्लबका पंकज ज्ञवाली र गोपाल टन्डनको जेडीलाई हराउदै पुरन र कृष्णको जेडी प्रथम भएका हुन उनिहरूले ३५ हजार कप मेडल प्रमाणपत्र हात पारेका छन उप बिजेता पंकज र टन्डनले २५ हजार कप मेडल प्रमाणपत्र हात पारेका हुन । 
    तेस्रो हुने दिप आर्चाय दिलीप गौचन बिबिसी र  लाफाका बबिन थापा रितेस थापाको टिमले ७ हजार ५ सय पाएका हुन । 
    सुपर भेटान्स तर्फ भएको ४५ वर्ष माथीको खेलमा नवराज श्रेष्ठ  र गोपाल टन्डनको जोडी प्रथम भएका हुन भने उनिहरूले राजु गुरूङ र खग्रेन्द्र रेगामीको जोडीलाई हराउदै ककेष्ठ र टन्डनको जोडी बिजय भएका हुन।

     उनिहरूले २० हजार कप मेडल प्रमाणपत्र प्राप्त गरेका हुन भने उप बिजेता गुरूङ र रेगामी जोडीले १० हजार कप मेडल प्रमाणपत्र हात पारेका हुन तेस्रे हुने २ टिम नेत्र बगाले युवा राना फिटएण्डफाईन र सुदिप कडेल र दिलीप ककेण्ठ ५ - ५ हजार कप मेडल प्रमाणपत्र हात पारेका  क्लबका अध्यक्ष बबिन थापाले बताए । 
    पुरस्कार बितरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख मेयर खेलराज पान्डेयले  खेलकुद प्रतियोगिता हरू आयोजना गरिदा खेल र खेलाडीको बिकाश  हुने बताए । 
    बुटवल उपमहानगर पालिकाले बुटवल नगर भित्र हुने हरेक खेलकुदलाइ सहयोग गरेको बताए ।

    तिन दिन सम्म सन्चालित खेलमा १ सय २७ टिमको सहभागिता रहेको खेल संयोजक  बिनोद पौडेलले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, माघ १८ २०८२०८:४४:४८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology