बुटवल,माघ ११ ।
लुम्बिनी आयुर्वेद चिकित्सालयको व्यवस्थापन समितिका अध्यक्ष शालिकराम भुसाल र सदस्य विमला श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ ।
चिकित्सालयमा आयोजित एक समारोहका बीच अध्यक्ष भुसाल र सदस्य श्रेष्ठले औपचारिक रूपमा पदभार ग्रहणगर्नुभएको हो ।
पदभार सम्हाल्दै अध्यक्ष भुसालले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनाहरू यथाशीघ्र तयार गरीकार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले अस्पतालमा सेवा विस्तार, थप विशेषज्ञ सेवा प्रवाह तथासेवाको गुणस्तर अभिवृद्धि गर्नु वर्तमान व्यवस्थापन समितिको मुख्य प्राथमिकता रहेको बताउनुभयो ।
समितिलाई आर्थिक रूपमा सबल बनाउँदै अस्पताललाई यस क्षेत्रकै एक सशक्त रिफरल अस्पतालको रूपमाविकास गर्नु आजको आवश्यक ता भएको उल्लेख गर्दै अध्यक्ष भुसालले अस्पतालको व्यवस्थापकीय कार्य, कर्मचारी व्यवस्थापन तथा दैनिक सञ्चालनको जिम्मेवारी प्रशासनको हुने र नीतिगत नेतृत्व तथा मार्गदर्शनसमितिको भूमिकामा रहने स्पष्ट गर्नुभयो । सोही अनुरूप समितिले आफ्नो भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।
सबै सरोकारवाला निकायहरूसँग समन्वय, सहकार्य र पहल गर्दै अस्पतालको समग्र विकास तथा श्रीवृद्धिकालागि आवश्यक स्रोत–साधन जुटाउन आफूले सक्दो प्रयास गर्ने अध्यक्ष भुसालले बताउनुभयो । उहाँले योचिकित्सालयलाई प्रदेशको गौरव गर्नलायक संस्था मात्र नभई बिरामीहरूको आशा र भरोसाको केन्द्रका रूपमाविकास गर्न सक्दो पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साथै, चिकित्सालयका चिकित्सक तथा कर्मचारीहरूसँग सहकार्य गर्दै सेवाग्राहीलाई सहज र प्रभावकारी सेवाप्रदान गरिने उहाँको भनाइ छ ।अस्पताल विकास समितिका सदस्य विमला श्रेष्ठले पनि हातेमालो गर्दैचिकित्सालयको विकास र विस्तारका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
स्वागत तथा पदस्थापना कार्यक्रममा बोल्दै लुम्बिनी आयुर्वेद चिकित्सालयका निवर्तमान अध्यक्ष शिव ज्ञाबलीलेअस्पतालको विगतको अवस्था, आफूहरूले गरेका कार्य तथा आगामी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारीगराउनुभयो । उहाँले आयुर्वेद क्षेत्रलाई सरकारले अपेक्षित प्राथमिकतामा नराखेको अनुभूति रहेकोसमेतबताउनुभयो । पदभार ग्रहणसँगै उहाँहरूले रुद्राक्षको विरूवा रोप्नुभयो ।
चिकित्सालयका प्रमुख डा. कलावती बिकको स्वागत मन्तव्य बरिष्ठ कबिराज अधिकृत गणेश सापकोटाकोसञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । पदभार ग्रहण तथा स्वागत कार्यक्रममा विभिन्न संघ–संस्थाकाप्रतिनिधिहरूको सहभागिता रहेको थियो । सोही अबसरमा बिष्णुहरि आचार्य लगायतले बोलेका थिए ।सोहि कार्यक्रममा
चिकित्सालयले निबर्तमान अध्यक्षलाई बिदाई गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)