Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीमा कांग्रेसलाई जिताउन तरूण दलले गर्‍यो जिम्मेवारी बांडफांड

रूपन्देहीमा कांग्रेसलाई जिताउन तरूण दलले गर्‍यो जिम्मेवारी बांडफांड

  • 1.0K
    SHARES

  • रूपन्देहीमा कांग्रेसलाई जिताउन तरूण दलले गर्‍यो जिम्मेवारी बांडफांड

    बुटवल,माघ ११ ।

    आसन्न प्रतिनिधिसभा चुनावमा कांग्रेसका उम्मेदवार जिताउन नेपाल तरुण दल जिल्ला कार्यसमिति रूपन्देहीले क्षेत्रगत संयोजक तथा सह–संयोजक तोक्दै जिम्मेवारी बांडफांड गरेको छ ।

    नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई रुख चिन्हमा मतदान गराई विजयी बनाउने उद्देश्यका साथ तरुण दललाई सक्रिय रूपमा परिचालन गर्न जिम्मेवारी बाँडफाँड गरिएको हो।

    तरुण दल जिल्ला कार्यसमितिको निर्णयअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नवीन राज आचार्य संयोजक र मोहन जिसी सह–संयोजक तोकिएका छन्। यस्तै, क्षेत्र नम्बर २ मा हसन्त तामाङ संयोजक तथा सुजन पुन सह–संयोजक, क्षेत्र नम्बर ३ मा राजेश शाह संयोजक र दिनेश बुढापृथी सह–संयोजक चयन भएका छन्।

    त्यसैगरी क्षेत्र नम्बर ४ मा पवन सिंह संयोजक र रजत यादव सह–संयोजक तथा क्षेत्र नम्बर ५ मा मधु सापकोटा संयोजक र राजकुमार चौधरी सह–संयोजकको जिम्मेवारी दिइएको छ।

    तरुण दलले संगठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी बनाउँदै चुनावी अभियानमा केन्द्रित गराउने उद्देश्यसहित उक्त जिम्मेवारी तोकिएको जनाएको छ।

    यस अवसरमा नेपाल तरुण दलका कार्यवाहक अध्यक्ष प्रशन कोइरालाले तरुणहरूलाई एकताबद्ध भएर कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न आग्रह गर्दै भने-  “आसन्न निर्वाचन लोकतन्त्र, समावेशी विकास र संविधानको रक्षा गर्ने महत्वपूर्ण अवसर हो। 

    कोइरालाले तरुण शक्ति संगठित भएर मैदानमा उत्रिए कांग्रेसको विजय सुनिश्चित हुन्छ। रूपन्देहीका सबै तरुण साथीहरू जिम्मेवारीका साथ चुनावी अभियानमा होमिनु आवश्यक छ।”

    कोइरालाले तरुण शक्ति संगठित भएर मैदानमा उत्रिए कांग्रेसको विजय सुनिश्चित हुन्छ। रूपन्देहीका सबै तरुण साथीहरू जिम्मेवारीका साथ चुनावी अभियानमा होमिनु आवश्यक छ।”

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology