बुटवल,माघ २४-
आज नाट्य सम्राट बालकृष्ण समको जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी ठाउँ ठाउँमा मनाईदैछ । राष्ट्रिय नाट्य सम्राटसम्झीरहदा मौसफलमा बसेर लामो समयदेखी नाट्यको क्षेत्रमा क्रियाशिल बुटवलका बावुराम घिमिरे चाँहि ओझेलमा परेका छन् ।
२ दशकदेखी नाट्यको क्षेत्रमा काम गर्दे आएका रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड १७ मोतिपुरमा बस्ने ५५ बर्षिय बाबुराम घिमिरे ओझेलमा छन् ।
घिमिरले भारतमा नाट्य सम्वन्धी विभिन्न तालिम लिएर २०४५ सालदेखी रुपन्देही,कपिलबस्तु,नवलपरासी,चितवन,लगायतका विभिन्नस्थानमा सचेतना मुलक नाटक प्रर्दशन गर्दै आएका छन् ।
विभिन्न संघ संस्था र आफ्नौ संक्रियामा नाटक गर्दै आएका घिमिरेले बुटवलका युनिक मुभिजबाट लेखन , निर्देशन र अभिनय गरेका छन् ।
उनले बुद्ध टेलिभिजन र अन्य राष्ट्रिय टेलिभजिनमा समेत आफ्नो प्रस्तुति देखाएका छन्। बिभिन्न चलचित्र लेखन तथा निर्देशन व्यत रहने उनले चलचित्र हाम्री चेली,पराईकी चेली,विहेको धोको लगायतका लेखन निर्देशन गरेको बताउछन् ।
गुल्मीका २०२२ सालमा जन्मेका घिमिरेले भारतको दिल्ली र पञ्जावमा नाट्य तालिम लिएपछि निरन्तर रुपमा यस क्षेत्रका काम गरेपछि मौसफल बसेका कारण कम चर्चा पाएका छन् । एक प्रकारले चुपचाप आफ्नो काम गरेका छन् । राज्यबाट कुनै साथ सहयोग नरहेपनि उनी आफ्नो कर्मलाई निरन्तरता दिएका छन् ।
पेसागत रुपमा नै नाटकलाई अगालेका घिमिरले व्यापक क्षमता भएपनि केन्द्र र मोसफल बसाई,संगत,काम गर्ने सम्पर्क कारणले ओझेलमा आफु परेको गुनासो गर्दछन् ।
खासगरी जनचेतना मुलकनाटक २२ वटा विषयमा रुपन्देही, कपिलबस्तु,र चितवनमा रहेका २५ वटा संघसंस्थाको सहकार्यमा काम गरेका छन् । उनले हाल विभिन्न खालका साना चलचित्रको लेखन र निर्देशनमा व्यस्त रहेका छन् । सोख भन्दा पनि समाज परिर्वतनका लागि आफु निरन्तर यो क्षेत्रमा लागि रहेको उनले नागरिम अनलाइनसंग बताए ।
उनले राज्यले कलाकार पनि नीति निमार्ण गरेर थप सहयोग गनुपर्ने भएपनि मौसफलमा बसेका कलाकारहरुलाई राज्यले बुझ्न नसक्दा समस्या भएको बताए ।
बाबुराम भन्छन्-‘ विदेशतिर कलाकारहरु मान ,सम्मान ,र राज्यबाट प्राप्त हुने सहयोग थुपै भए तर यहाँ त्यस प्रकारको सहयाेग माया नै भएन ।’
अझै काठमाडौ बाहिर त झन् हेर्ने द्रिष्टिकोण निकै कमजोर भएको उनको बुझाई रहेको छ ।उनले भने -हामीलाई संघीय सरकारले केही नगरेपनि पनि,प्रदेश सरकार,स्थानीय तह अन्य निकायहरुले साथ दिनसक्छन् ।तर यहाँ त्यो गुन्जायस नै छैन् ।जे आफ्नै मेहनत नै हो ।’
उनले लुम्बिनी प्रदेशमा रहेका कलाकारहरुको आवाज बुलंद्ध पार्ने उदेस्यले लुम्बिनी चलचित्र कलाकर्मी संघ गठन गरेर काम अगाडि बढाउने प्रकृयामा रहेको बताए ।
उक्त संस्थाको आफु कोषाध्य पदमा रहेका छन् । बुटवलको मोतिपुरमा रहेको सिदार्थ सिर्जनशील समाज अध्यक्ष समेत रहेका घिमिरेले नाट्कले समाज बदल्न सक्ने भएकोले त्यसलाई सरकार तथा अन्य सवैले प्रोत्साहन गर्नुपर्ने बताउँछन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)