Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुद्ध सामुदायिक टेलिभिजनको १६ औं वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न

बुद्ध सामुदायिक टेलिभिजनको १६ औं वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न

  • 588
    SHARES

  • बुद्ध सामुदायिक टेलिभिजनको १६ औं वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन सम्पन्न

    बुटवल,माघ १० ।

    शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १६ औं वार्षिक साधारण सभातथा छैटौँ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको

    साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुटवल उपमहानगर मिडिया मैत्री रहेको मिडियाकोसंरक्षणमा आफुले काम गर्दै आएको जिकिर गर्नुभयो बुटवलमा रहेका ऐतिहासिक तथ्यहरुलाई उजागर गर्ने गरीटेलिभिजनले कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो

    बुटवलमा प्रधान कार्यालय रहेको बुद्ध सामुदायिक टेलिभिजन समुदायको लगानीमा सञ्चालित रहेको   साधारण सभाले अध्यक्ष ओम ज्ञवालीले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन कोषाध्यक्ष अरुण कुमार श्रेष्ठलेप्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन  पारित गरेको

    अध्यक्ष ज्ञवालीले बुद्ध सामुदायिक टेलिभिजन देशभरप्रशारण रहेपनि लुम्बिनी प्रदेशलाई प्राथमिकता दिएर समाचार सूचना प्रशारण गर्दै आएको बताउनु भयो टेलिभिजन प्रदेशकै उत्कृष्ट नम्बर वान भएको दाबी गर्दै उहाँले टेलिभिजनले थारु , संस्कृच मगर भाषामा समेतकार्यक्रम उत्पादन गर्दै आएको जानकारी दिनु भयो

    यस्तै बुटवल उपमहानगरपालिकाका पुर्वमेयर पुनाराम पोखरेलले टेलिभिजनले आवाज विहिनको आवाजलाईबुलन्दै गर्दै आईरहेको बताउनु भयो

    यस्तै अधिवेशनमा निर्देशन समितिका संयोजक वरिष्ठ अधिवक्ता बेनबहादुरपौडेल ,कानूनी सल्लाहकार प्रध्यापक डाक्टर बुद्ध बहादुर थापा , टेलिभिजनका सल्लाहकारद्धय कुमार केसी ,  रिता सेन , सञ्चालन सदस्य नारायणप्रसाद नागिला लगायतले बोल्नु भएको थियो

    समुदायको लगानीमासञ्चालित टेलिभिजनमा सय ३२ जना सञ्चालन सदस्य रहेको कोषाध्यक्ष अरुण कुमार श्रेष्ठको आर्थिकप्रतिवेदन प्रस्तुत गरिएको IMG_4129.jpeg

    टेलिभिजनका उपाध्यक्ष गोपाल प्रसाद ज्ञवालीको स्वागत तथा सचिब जेबि गुरुङकोसञ्चालनमा कार्यक्रम सम्पन्न भएको प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवालीले बताउनुभयो ।

    अधिवेशनले अध्यक्षमा झपट बहादुर गुरुङ ( जे.वी.)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो IMG_4150.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, माघ १० २०८२०८:५८:५२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology