बुटवल,माघ ८ ।
जी ट्वान्टी फाइभ क्लबको अध्यक्षमा सजन कुमार भारी निर्वाचित हुनुभएको छ । आज सम्पन्न आठौँ साधारण सभा तथा पाँचौँ अधिवेशनले भारीको अध्यक्षतामा ९ सदस्यिय नयाँ नेतृत्व चयन भएको हो ।
उपाध्यक्षमा तेज प्रसाद खनाल तेजेन्द्र ,महासचिवमा भेषराज अर्याल,कोषाध्यक्षमा गणेश पाण्डे,सचिवमा मिलनकुमार भारी र सदस्यहरुमा महेश कार्की ,राजेन्द्र पाण्डे,बिमल पौडेल र लक्ष्मण पोखरेल निर्विरोध चयन भएको प्रमुख निर्वाचन अधिकृत केशवराज पोखरेलले बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष सजन कुमार भारीले क्लवलाइ नयाँ उचाइमा पुर्याउने, आमा बुवाको स्मृतीमा अक्षयकोष बनाउने लगायतका प्रतिबद्धता जनाउनुभएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)