बुटवल,माघ ८ ।
जी ट्वान्टी फाइभ क्लब बुटवल–११, देवीनगरको आठौँ साधारण सभा तथा पाँचौँ अधिवेशन भएको छ । अध्यक्ष जगदिश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समाजसेवी यज्ञश्वर शर्मा मरासिनीले गर्नुभयो ।
सो अवसरमा बोल्दै मरासिनीले क्लवको गरेको सामाजिक कामको सन्देशले सबैलाइ प्रेरणा मिलेको बताउनुभयो । क्लवले संस्थालाई दिगो बनाउनको लागि एक आपसमा भाइचाराको भावनाको विकासका समेत क्लव सक्रिय देखिएको बताउनुभयो ।
सो अवसरमा समाजसेवी कुलबहादुर केसी ,संस्थाका संस्थापक अध्यक्ष रमेश कुमार जोशी, निवर्तमान अध्यक्ष निर्मल नेपाल, पूर्व अध्यक्ष देवलाल अर्घाली, संस्थाका मार्गदर्शक विमलराज घिमिरे, संरक्षक प्रेमप्रसाद पाण्डे लगायतले बोल्नुभएको थियो ।
क्लवका अध्यक्ष जगदिश न्यौपानेले स्वास्थ्य शिविर, रक्तदान, सरसफाई, जनचेतनामूलक कार्यक्रम, लागूपदार्थ दूव्र्यसनी विरूद्धका कार्यक्रम, खेलकुद कार्यक्रम, दीर्घ रोगी, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूलाई खाना तथा लत्ताकपडा वितरण, आर्थिक सहयोग, वृक्षारोपण, विद्यार्थीहरूलाई पोशाक, कापी, कलम, किताब वितरण, धार्मिक तथा सांस्कृतिक कार्यक्रम, विभिन्न दीनदुःखीहरूलाई खाद्यान्न वितरण कार्यक्रम समेत सम्पन्न गर्दै आइरहेको बताउनुभयो ।
क्लवले स्थापना दिवस असोज १२ गतेलाई विशेष पर्वको रूपमा मनाउने,संस्थाको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा बुटवल–११ भित्रै खाली रहेको भू–भाग खोज्ने,भौतिक तथा आर्थिक सहयोग गर्ने कार्यलाई निरन्तरता दिने, संस्थाको समृद्धिका लागि आर्थिक सहयोगको खोजी गर्ने र आर्थिक बजेट प्राप्त हुने सरकारी निकायहरूमा आवश्यक समन्वय गर्ने ,रक्तदान कार्यक्रम आयोजना गर्ने लगायतका योजनाहरु रहेको बताउनुभयो । कार्यक्रममा अध्यक्ष न्यौपाने र कोषाध्यक्ष भेषराज अर्यालको प्रतिवेदन पारित गरिएको छ ।
क्लवका उपाध्यक्ष मदन पौडेलको स्वागत तथा महासचिव किशोर पंगेनीको सचालनमा कार्यक्रम भएको थियो ।
क्लव वि.सं. २०६९ सालदेखि सामाजिक रूपमा यस क्षेत्रका युवाहरू सङ्गठित भई विभिन्न कामहरू गर्दै आएको साथै वि.सं. २०७३ सालमा विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सामाजिक कार्यमा अगाडि बढिरहेको छ ।
सजन कुमार भारीको अध्यक्षतामा ९ सदस्यिय नयाँ नेतृत्व चयन :
क्लवले सजन कुमार भारीको अध्यक्षतामा ९ सदस्यिय नयाँ नेतृत्व चयन गरेको छ ।
उपाध्यक्षमा तेज प्रसाद खनाल तेजेन्द्र ,महासचिवमा भेषराज अर्याल,कोषाध्यक्षमा गणेश पाण्डे,सचिवमा मिलनकुमार भारी र सदस्यहरुमा महेश कार्की ,राजेन्द्र पाण्डे,बिमल पौडेल र लक्ष्मण पोखरेल निर्विरोध चयन भएको प्रमुख निर्वाचन अधिकृत केशवराज पोखरेलले बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष सजन कुमार भारीले क्लवलाइ नयाँ उचाइमा पुर्याउने, आमा बुवाको स्मृतीमा अक्षयकोष बनाउने लगायतका प्रतिबद्धता जनाउनुभएको छ ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)