Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देही-२ मा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गराए उम्मेदवारी दर्ता

रूपन्देही-२ मा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गराए उम्मेदवारी दर्ता

  • 540
    SHARES

  • रूपन्देही-२ मा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गराए उम्मेदवारी दर्ता

    बुटवल,माघ ६ ।

    रूपन्देही- मा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। यो क्षेत्र पौडेलले २०६४ देखिलगातार निर्वाचन जित्दै आएको क्षेत्र हो।

    पौडेलले बुटवल उपमहानगरपालिका-११ मा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराए।

    रूपन्देही- मा एमालेबाट उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल,नेपाली कांग्रेसबाट ब्यवसायी चुन्नप्रसाद पौडेल,रास्वपाबाट सुलभ खरेल नेकपाबाट सुवास पाण्डेले उमेदवारी दर्ता गराए ।

    निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार अहिलेसम्म रूपन्देही- बाट नेपाली कम्युनिष्ट पार्टीका पाण्डे, प्रलोपाका नारायण नगिना, राप्रपाका कर्भिका थापा, स्वतन्त्रसहित २२ जनाले उम्मेदवारी गराएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, माघ ६ २०८२०५:२२:५९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology