Logo मंगलवार, श्रावण १२ गते २०८३
images

क्याननका बिद्यार्थीले पकाए परिकार ,शिक्षक-अभिभावकले लिए स्वाद !

क्याननका बिद्यार्थीले पकाए परिकार ,शिक्षक-अभिभावकले लिए स्वाद !

  • 4.5K
    SHARES

  • क्याननका बिद्यार्थीले पकाए परिकार ,शिक्षक-अभिभावकले लिए स्वाद !

    बुटवल,माघ ४ ।

    बुटवल– बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार  ‘फुड कार्निभल’ अर्थात खाना महोत्सव गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा ‘फुड कार्निभल’ तथा म्यूजिक उत्सव गरिएको हो ।

    फेस्टिबलको वेस्टर्न मेगा कलेजका प्राचार्य किशु शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले उद्घाटन गरेका हुन् ।IMG_3667.jpeg

    उद्घाटनका अवसरमा बोल्दै वेस्टर्न मेगा कलेजका प्राचार्य शर्माले होटल म्यानेजमेन्ट पढने विद्यार्थीहरु सजिलै उद्यमी बन्न सक्ने बताए । उनले फुड फेस्टिबलमा समेत विद्यार्थीहरुले आफ्नो सिर्जनशिलता प्रस्तुत गरेको बताउँदै होटल म्यानेजमेन्ट शिक्षाले उद्यमशिलता, सिर्जनशिलता र नेतृत्व विकास गराउने बताए ।

    canon food.jpeg

    यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले क्याननले होटल म्यानेजमेन्ट मार्फत होटल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी देशको अर्थतन्त्रमा टेवा पुर्‍याएको विश्वास व्यक्त गरे ।
    उनले शिक्षा भनेको आत्मनिर्भर र सिपमुलुक हुनुपर्ने आवाज उठिरहेको बेला कक्षा ११ र १२ का विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरेको बताए ।canon 1 (2).jpeg

    विद्यालयका प्राचार्य शंकर भण्डारीले पछिल्लो समयमा क्याननले विद्यार्थीहरुलाई पाठ्यक्रममा मात्रै केन्द्रीत नगराई यस्ता व्यवहारिक र रचनात्मक कार्यक्रमहरु मार्फत खदिलो र दरिलो संस्थाका रुपमा उभ्याउन पाएको बताए । उनले विद्यार्थीहरुलाई सिप र क्षमताले युक्त बनाउन विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

    ‘आजका विद्यार्थीलाई कक्षाकोठामा राखेर दिईने सैद्धातिक ज्ञानले मात्रै पुग्दैन’ उनले भने –‘लर्निङ बाई अर्निङ’ को सोच अनुसार कार्यक्रम गरिएको छ ।’ उनले आफूहरुलाई यस्ता कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरुबाट सहयोग पाएको बताए ।IMG_3631.jpeg

    फुड कार्निभलमा विद्यार्थीहरुले ८ वटा स्टल राखेका थिए । विद्यार्थी आफैले परिकार बनाउनेदेखि टिकट विक्रि समेत गरेर परिकारहरु विक्रिको काममा खटिएका हुन् । स्टलमा जातीय संस्कृतिका परिकारदेखि विभिन्न खालका परिकारहरु राखिएको कक्षा ११ र १२ व्यवस्थापन संकायका संयोजक पवन बस्यालले बताए ।

    फुड कार्निभलसँगै विद्यार्थीहरुको विभिन्न गित सांगित तथा नृत्यहरु प्रस्तुत गरेका थिए । साथै आईतबार नै प्रि–नर्सरीदेखि कक्षा १० सम्मको तेस्रो त्रैमासिक तथा कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा समेत प्रकाशन गरिएको सहप्राचार्य विष्णु प्रसाद न्यौपानेले बताए ।

    क्यानन माविले यसअघि क्यानन आईटी क्वीज, दोस्रो सभेन ए साईड फुटबल प्रतियोगिता, डिजाईन च्यालेञ्ज वर्कसप जस्ता कार्यक्रमहरु गरिसकेको छ ।IMG_3672.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology