बुटवल,माघ २४-
इनरव्हील क्लब अफ बुटवल मिडटाउनले परिचयात्मक तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
क्लवको नियमित कार्यतालिका अनुसार आयोजित कार्यक्रममा बोल्दै इमिडियट पास्ट डिष्ट्रीक चेयरमेन समिरा ध्वजुले ईनरव्हिल क्लबले सामाजिक कार्य नियमित रुपमा गर्दै आएको बताउनुभयाे ।
उनले इनरव्हीलको आफ्नो पहिचानका लागि सामाजिक काम संगै मनोरञ्जन पनि आवश्यक रहेको बताईउनुभयाे । उहाले क्लबले गरेका नियमित कामहरूका बारेमा जानकारी दिन र डिष्ट्रीकले आयोजना गरेका कामहरुको बारेमा जानकारी राख्न आग्रह बताउनुभयाे ।
क्लवका अध्यक्ष मिठु ट्ण्ड्न भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा, कार्यक्रम संयोजक सुमित्रा न्यौपानेको स्वागत सचिब रन्जु गौतमको संचालनमा भएको थियोे ।
कार्यक्रममा क्लबका पुर्व अध्यक्ष आशा श्रेष्ठ, सल्लाहकार सरस्वती श्रेष्ठ ,तिर्सना श्रेष्ठ , लक्ष्मी क्षेत्री, इनरव्हील क्लब अफ बुटवलका अध्यक्ष शोभा जोशी, सचिब सम्झना ज्ञवाली,रूपन्देहीका महिला पत्रकार लगायतको सहभागीता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)