Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमालेका उपाध्यक्ष विष्णु पौडेल रूपन्देही-२ बाटै लड्ने

एमालेका उपाध्यक्ष विष्णु पौडेल रूपन्देही-२ बाटै लड्ने

  • 1.3K
    SHARES

  • एमालेका उपाध्यक्ष विष्णु पौडेल रूपन्देही-२ बाटै लड्ने

    बुटवल,माघ ४ ।

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रूपन्देही क्षेत्र नम्बर २ बाटै लड्ने भएका छन्। शनिबार बसेको एमालेको सचिवालय बैठकले उनलाई पाल्पा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउने निर्णय गरेको हो।

    उक्त निर्णयलाई सच्याउँदै रूपन्देही-२ बाटै लड्ने भएका हुन्।लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पाल्पा-२ लड्ने भनिएपनि पौडेलले रूपन्देही-२ बाटै लड्ने भनेपछि निर्णय सच्चिएको हो। 

    ‘हिजो उहाँको टुंगो लागिसकेको थिएन। आज उहाँले रूपन्देहीबाटै लड्ने भन्नुभयो,’ उनले भनिन्। उनका अनुसार पाल्पा-२ मा उम्मेदवार टुंगिएको छैन।

    यसअघि पाल्पा-२ मा ठाकुर गैरेले चुनाव जितेका थिए। अहिले गैरेलाई टिकट नदिई पौडेललाई पठाएको भन्दै एमालेभित्रै असन्तुष्टि भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology