Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नयाँगाउँ माविको भवन शिलान्यास,४ करोड ८८ लाख रुपिँयामा निर्माण गरिने

नयाँगाउँ माविको भवन शिलान्यास,४ करोड ८८ लाख रुपिँयामा निर्माण गरिने

  • 2.6K
    SHARES

  • नयाँगाउँ माविको भवन शिलान्यास,४ करोड ८८ लाख रुपिँयामा निर्माण गरिने

    बुटवल,माघ २  ।

    बुटवल उपमहानगरपालिका वडा न १२ स्थित नयाँगाउँ माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ ।

    बिद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा एक समारोहका बिच १ बिगाहा १४ कठ्ठा १९ धुरमा खेल मैदानसहितको गुरुयोजना क्षेत्रभित्र सो भवन बन्नेछ । १२ कोठे भवन भारतीय राजदुतावासको ४ करोड ८८ लाख रुपिँया आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । यसमा १० प्रतिशत लगानी स्थानीय सरकार बुटवल उपमहानगरपालिकाको रहेको छ ।

    भवनको शिलान्यास बुटवल उपमहानगरपलिकाका प्रमुख खेलराज पाण्डेय र भारतीय राजदुतावासका प्रथम सचिव सुमन शेखरले गर्नुभयो । साथै बिद्यालयको तेस्रो तलामा निर्माण भएको सभाहल उद्धघाटन समेत गरिएको छ ।nayagaun mabi.jpeg

     त्यस्तैगरि बिद्यालयमा कोठा निर्माण गरिदिनुहुने चन्दादाताहरु कौशिला काफ्ले,श्रीप्रसाद सापकोटा,राजु प्रसाद चौधरी ,पुरुषोत्तम बस्याल र पुरुषोत्तम भट्राइले समेत आजै कक्षाकोठाको उद्घाटन गर्नुभयो । विद्यालयको वार्षिकोत्सव मूल समारोहमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख पाण्डेयले बुटवल शिक्षामा देशभरीमा अब्बल रहेको र बुटवलको शिक्षा गुणस्तरीय रहेको समेत उल्लेख गर्नुभयो ।

    उहाले भारतीय दुताबासले भवन निर्माणका लागि सहयोग गरेकोमा धन्यवाद दिँदै लगानी खेर नजानेमा ढुक्क हुन आग्रह गर्नुभयो । बुटवल उपमहानगरपालिकाले पनि शिक्षालाई विशेष प्राथमिकतामा राखेर सोही अनुसार काम गर्दै आइरहेको उहाँको भनाइ छ ।

    यस्तै भारतीय राजदुतावासका प्रथम सचिव सुमन शेखरले आफुहरु नयाँगाउँ माविको शैक्षिक तथा भौतिक विकासका लागि आवश्यक सहयोग गर्न सधै तयार रहेको बताउनुभयो । उहाले नेपाल र भारतबिचको सम्बन्ध पुरानो रहेको स्मरण गर्दै आव शिक्षासंगै आइ टी र एआइमा पनि सहकार्य रहिरहने बताउनुभयो ।IMG_3490.jpeg

    विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले आज शिलान्यास भएको १२ कोठे नयाँ भवनले अवदेखि भवन अभावको समस्या झेल्नु नर्पाे भन्दै थप विद्यार्थी भर्ना गर्न र अन्य विषय थप गर्दै जान सहज हुने अपेक्षा गर्नुभयो । उहाँले अबका दिनहरुमा विज्ञान विषय, प्राविधिक धार थप गरी यस विद्यालयलाई एउटा नमुना विद्यालयको रुपमा विकसित गर्दै लैजाने लक्ष्यसमेत अघि सारिएको समेत जानकारी दिनुभयो उहाँले विद्यालयको भौतिक विकासका लागि विद्यालयको दक्षिणतर्फ रहेको खेल मैदानमा आगामी वर्षमा थप ३६ कोठे पक्की भवन, प्रशासनिक भवन, विज्ञान प्रयोगशाला, कम्प्यूटर ल्याब, पक्की वाल कम्पाउण्ड, गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि २० कोठा भएको पक्की छात्रावास, क्यान्टिन तथा चमेना गृह, करेशावारी निर्माण, सुन्दर खेलमैदान, अत्याधुिनक लाइब्रेरी, फर्निचर निर्माण, आधुनिक शौचालय हुने जानकारी दिनुभयो । भट्टराईले सिमित स्रोत र साधनका बिचपनि विद्यालयले उत्कृष्ट नजिता हासिल गर्न सफल भएको बताउनुभयो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्यालले नयाँगाउँ मावि सामुदायिक विद्यालय मध्य अब्बल रहेको बताउनुभयो ।IMG_3486.jpeg

    उहाँले विद्यालयले एसइइ परीक्षामा ४ जीपिए समेत ल्याएको बताउँदै विद्यालयलाई अझ उत्कृष्ट बनाउन आफु लागि रहेको बताउनुभयो । ६३ औँ वार्षिकोत्सवका अवसरमा विद्यालयले जुनियर र सिनियरतर्फ खेल प्रतियोगिताहरु भएको खेल संयोजक टिकाराम शर्माले बताउनुभयो  ।IMG_3482.jpeg

    वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुदका विधामा उत्कृष्ट भएकालाई पुरस्कार वितरण तथा बिद्यालयको १४ लाखको अक्षयकोषबाट २० जना असल तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ती बितरण,चन्दादाताहरुलाइ सम्मान ,उत्कृष्ट शिक्षक,अभिभावक,कर्मचारीलाइ समेत सम्मान गरिएको लेखापाल प्रकाश भट्टराईले बताउनुभयो । कार्यक्रममा सांस्कृतिक प्रस्तुतीहरु समेत राखिएको थियो ।

    शिक्षक रामप्रसाद बन्जाडे र पार्वती केसीको संचालनमा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक विष्णुप्रसाद काफ्ले र  भरतमणि घिमिरे लगायतले बोल्दै बिद्यालयको विकासमा स्थानीय समुदायले गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो ।

    शिक्षाको ज्योति फैलाउने उद्देश्यले बिस २०१९ सालमा सो विद्यालयको स्थापना भएको थियो । हाल व्यवस्थापन, शिक्षा, कानून जस्ता संकायहरु पठनपाठन भईरहेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology