Logo बुधवार, श्रावण १३ गते २०८३
images

दाङमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु,एक घाइते

दाङमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु,एक घाइते

  • 2.0K
    SHARES

  • दाङमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु,एक घाइते

    बुटवल,माघ २४-

    दाङमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार तीन जना मध्ये दूई जनाको मृत्यु भएको छ ।

    जिल्लाको दंगिशरण गाउँपालिका वडा नं. ३ हेकुलीका २५ बर्षीय बिबेक थापा र वडा नं. ४ बैबाङका २६ बर्षीय दिनेश खड्काको मृत्यु भएको छ ।

    उनीहरु दुबै जनाको शुक्रबार राति उपचाकार क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । थापाले मोटरसाईकल चलाएका थिए भने खड्का पछाडि सवार थिए ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक झकल शर्माका अनुसार दूर्घटनामा परि सोही मोटरसाईकलमा सवार दंगिशरण ३ रातवगाउँका २४ बर्षीय आँकाश कँडेल घाइते भएका छन् । उनको पनि कोहलपुरमा उपचार भइरहेको छ ।

    प्रहरी निरिक्षक शर्माका अनुसार शुक्रबार बेलुका सवा ८ बजेतिर तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा १ त ३४४१ नम्वरको ट्रयाक्टरले पश्चिमबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ६ प १४३४ नम्वरको मोटरसाईकललाई दंगिशरण ५ लौबस्ता भन्ने ठाउँमा ठक्कर दिएको थियो ।

    तीब्र गतिका कारण उक्त दूर्घटना भएको हुन सक्ने पूर्व अनुमान भइरहेको भएपनि घटनाबारे अनुसन्धान हुन बाँकी रहेको शर्माले बताए ।त्यस्तै उनले मदिरा सेवन  थियो कि ? भन्ने आशंका पनि गरिएको बताए । तर, मेडिकल रिपोर्ट पछि मात्रै त्यस्तो भन्न मिल्ने उनले स्पष्ट पारे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology