Logo बिहिवार, आश्विन १ गते २०८३
images

पबित्र धार्मिक स्थल रुरुक्षेत्र रिडीमा श्रद्धालुहरुको  घुँइचो

पबित्र धार्मिक स्थल रुरुक्षेत्र रिडीमा श्रद्धालुहरुको  घुँइचो

  • 915
    SHARES

  • पबित्र धार्मिक स्थल रुरुक्षेत्र रिडीमा श्रद्धालुहरुको  घुँइचो

    गुल्मी,माघ २ । 

    मकर सङ्क्रान्तिको अवशरमा गुल्मीको पबित्र धार्मिक स्थल रिडीको कालीगण्डकीमा स्नान र पुजाआजा गर्ने श्रद्धालुहरुको  घुँइचो लागेको थियो ।

    रुरुक्षेत्रमा रहेको काली गण्डकी नदीमा स्नानगरि श्रद्धालुहरु नजिकै रहेको भगवान हृषीकेश मन्दिरमा बिहानदेखि दिनभर पुजाआजा गर्नमा व्यस्त भए । मकर सङ्क्रान्तिको दिन कालीगण्डकी नदीमा पुगेर स्नान गरेमा आफुले अन्जानमा गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने जनविश्वास छ । आजको दिनमा पबित्र धार्मिक स्थल रुरुक्षेत्रको कालीगण्डकीमा पुगेर पुजाआजा गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त भईन्छ भन्ने जनविश्वास रहेको छ ।

    त्यही आस्था र विस्वासका कारण कालीगण्डकीमा स्नान गर्नका लागि नेपालका विभिन्न क्षेत्र लगायत भारतको अयोध्या र वनारसबाट समेत भक्तजनहरु आउने प्रचलन छ । रुरुक्षेत्र गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल हो । गुल्मीमा विषेशगरि जेठी, माईली र कान्छी गरि तिन दिनसम्म मकर सङ्क्रान्ति पर्व मनाईन्छ ।

    मकर सङ्क्रान्ति पर्वको अवशरमा रुरुक्षेत्र गाउँपालिकाको आयोजनामा जिल्ला स्तरी कृषि मेला प्रर्दशनी राखिएको छ । प्रर्दशनीमा स्थानीय रुरुक्षेत्र गाउँपालिका सहित सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका, कृषि ज्ञानकेन्द्र गुल्मी, प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण कार्यक्रम, कफी अनुषन्धान कार्यक्रम लगायतका कार्यालयहरुले संयोजन गरेका छन । रैथानेवाली संरक्षणका लागि उक्त प्रर्दशनी राखिएको मेला आयोजक समितिका संयोजक ताराप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

    प्रर्दशनीमा किसानहरुले आआफ्नो क्षेत्रबाट ल्याएका स्थानीय सुन्तलाजात फलफुल, तरकारी, खाद्यान्न तथा विउवीजन लगायतका स्थानीय रैथाने वस्तुहरु प्रर्दशनीमा राखिएको छ । बिहीवारदेखि शुरु भएको मकर सङ्क्रान्ति अवशरमा आजदेखि रुरु क्षेत्रमा छ दिनसम्म माघे सङ्क्रान्ति मेला समेत शुरु भएको छ । रुरुक्षेत्र गाउँपालिकाको संरक्षकत्वमा गुल्मी उद्योग वाणिज्य संघ रिडी शाखाको आयोजनामा उक्त मेला सञ्चालन भएको रुरुक्षेत्र गाउपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।

    मेलामा ६ दिनसम्म निशुल्क रुपमा राष्ट्रिय कलाकारहरुको साँगितिक प्रस्तुती रहने मेला आयोजक समितिका संयोजक ताराप्रसाद सुबेदीले जानकारी दिनुभयो ।  

    रिडी मेलामा विशेषगरि भेँडाको उनबाट बुनेका कम्मल, काम्ला, राडी–पाखी लगायत बाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी, गुँड, सुन्तला, गुड लगायतका वस्तु बिक्रीका लागि ल्याईएको छ । मेलाको अवशरमा यस्ता प्रकारका वस्तुहरुको रिडीमा राम्रो व्यापार हुने गर्दछ ।

    मेलाभर्नका लागि प्यूठान, वाग्लुङ्, रुकुम, रोल्पा लगायतका ठाउँवाट व्यापारीहरु रिडी आईपुगेका हुन । रिडी मेलाको मुख्य आकर्षणमा कालीगण्डकीमा क्षेत्रका निर्माण भएको तीनमुखे झोलुङ्गे पुल र हालै निर्माण गरिएको कृतिम तालमा सञ्चालन गरिएको डुङ्गा रहेका छन ।

    मानिसहरु दिनभर झोलुङ्गे पुलमा यात्रा गर्न र तालमा डुङ्गा सयर गर्न व्यस्त देखिन्थे । गत वर्षको तुलनामा यस पटक मकर सङ्क्रान्तिमा रिडी क्षेत्रमा आउने श्रद्धालुहरुको संख्यामा पनि वृद्धि भएको आयोजक संस्थाका सदस्य स्थानीय सुन्दर कसजुले बताउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology